Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मधेश र मुसलमान - Himalkhabar.com

ब्लगआइतबार, साउन २७, २०७०

मधेश र मुसलमान

दीपक अर्याल

राणाकालमा राज्यको आयस्रोतको मूल आधार नै मधेश थियो । त्यसैले, शासकहरूले चाहेर या नचाहेर पनि मधेश उहिल्यैदेखि चासोको विषय रहिआयो । राणाकालमा मधेशका माग वा गुनासा सुन्न वेला–वेला भारदारी सभा गरिन्थ्यो । शासकहरूले मधेशको माग वा गुनासाप्रति कति चासो दिन्थे वा सम्बोधन गर्थे भत्रे विषयमा विवाद भए पनि ११ जेठ २००३ को गोरखापत्र मा छापिएको ‘मधेशका प्रजाहरूको मागमा सरकारको स्वीकृति’ शीर्षक समाचारले राज्य–मधेश संवादको एक झलक दिन्छ ।

तत्कालीन मधेशका मागहरूको जानकारी दिने गोरखापत्र को समाचार भन्छ– ‘मधेशमा आवश्यक सुधारका निम्ति मधेशका रैतीहरूले छानेका सज्जनहरू नेपाल आएका थिए । श्री द.क.ज. (दक्षिण कमाण्डिङ जर्नेल) को सभापतित्वमा धेरै दिनसम्म उनीहरूको सभा भै रह्यो । मधेशमा चाहिने आवश्यक मागलाई प्रायः प्रत्येक व्यक्तिले दिल खोलेर पेश गरे र प्रस्तावित कुराहरूमा धेरैजसो कुरा सरकारबाट स्वीकृत भयो ।’ त्यसपछिका अंकहरूमा पनि गोरखापत्र ले मधेशका मागहरूको क्रमशः जानकारी दिएको छ ।

तीमध्ये बुँदा नं ३ मा मधेशी मुसलमानहरूले उठाएको समस्याको जानकारी दिंदै लेखिएको छ– ‘मुसलमानहरूले आफ्ना जातका खानाको दोकान राख्न नपाएकाले वेसुबिस्ता भै रहेको थियो । यो कुरा जाहेर हुँदा ऐनले मनाइ भैरहेको गोमांस इत्यादि वाहेक ऐन–सवालमा बाधा नपर्ने अरू मुसलमानी खानाको दोकान टोल–टोलमा मुसलमानहरूले पनि मुसलमानको दोकान भत्रे साइनबोर्ड राखी खोल्न पाउने सवालै गरिदिने निकासा बक्सियो ।’

यो समाचारले त्यो समयमा कतै न कतै कुनै न कुनै रूपमा राज्य र मुसलमानहरूका बीच संवाद कायम रहेको र केही हदसम्म समस्या समाधानका पहल गरिएको पत्ता लाग्छ ।

मुसलमानहरूकै मागका सम्बन्धमा गोरखापत्र ले अर्को बुँदामा ‘होलीमा हिन्दूहरूले मुसलमानहरूलाई रङ हाल्न र गाली दिन नपाउने बन्दोबस्त गरिपाऊँ भत्रे मुसलमानहरूको बिन्ती चढाइमा उनीहरूको जातमा गरी नआएको हिन्दूहरूले पनि रङ हाल्न र गाली दिन नपाउने ऐन बनाउन तजबीज गर्ने निकास बक्सेको’ जानकारी दिएको छ । कस्तो गाली, किन गर्थे भनेर नखुलाए पनि त्यसवेला हिन्दूहरूबाट अल्पसंख्यक मुसलमानहरू हेपिएको तथ्य गाली प्रसङ्गले खोल्छ ।

यो प्रसंगबाट रङ नलगाएको वा लगाउन नमानेकोमा हिन्दूले मुसलमानहरूलाई गाली गरेको अनुमान लगाउन सकिन्छ । यसले पाठ्यपुस्तकमा पढाइए जस्तो हाम्रो समाज सबै जात, धर्म र क्षेत्रको सम्मान गर्ने खालको थिएन र छैन भत्रे सानो प्रमाण पनि दिन्छ ।

यस्ता साना–मसिना लाग्ने तर सामाजिक हिसाबले महत्वपूर्ण तथ्यहरूले नेपाली समाजमा ऐतिहासिककालदेखि विभेदले जरो गाडेको देखाउँछ । गोरखापत्र ले त्यो वेला मधेशवासीका २४ समस्यामा छलफल र तिनलाई सम्बोधन गर्ने प्रयास भएको देखाउँछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>