Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
उद्योग दर्ता ह्वात्तै बढ्यो, विदेशी लगानी तेब्बर - Himalkhabar.com

अर्थ/बजारसोमबार, साउन २८, २०७०

उद्योग दर्ता ह्वात्तै बढ्यो, विदेशी लगानी तेब्बर

हिमालखबर

उद्योग विभागका अनुसार, आर्थिक वर्ष २०६९/७० मा ४ सय ४५ वटा उद्योग दर्ता भएका छन् । यी उद्योगहरुले १ खर्ब १७ अर्ब लगानीको प्रस्ताव गरेका छन् ।

आर्थिक वर्ष २०६८/६९ मा विभागमा दर्ता भएका उद्योगको संख्या २ सय ७९ मात्र थियो । यी उद्योगहरुले ८४ अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेका थिए । दर्ता उद्योग संख्या र लगानी प्रस्ताव बढ्नुले अलिकति मात्रै वातावरण सुध्रिंदा पनि उद्योगीहरु लगानीका लागि तयार भएको संकेत गर्छ ।

गत आर्थिक वर्षमा दर्ता भएका उद्योगहरुले ३२ हजार ५६ रोजगारी सिर्जना गर्ने अपेक्षा छ । आर्थिक वर्ष २०६८/६९ मा दर्ता उद्योगहरुले १६ हजार ९सय ८० जनालाई रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको थियो ।

आव २०६८/६९ मा ७ अर्ब १४ करोड लगानी प्रस्ताव गर्ने २ सय २७ उद्योगले अनुमति पाएका थिए भने २०६९/७० मा विदेशी लगानीका उद्योग र प्रस्तावित लगानी तेब्बर भएको छ ।

विभागबाट आर्थिक वर्ष २०६९/७० मा २१ अर्ब ४२ करोड रुपैयाँ लगानीको प्रस्ताव गरेका ३ सय १७ विदेशी लगानीका उद्योगले अनुमति पाएका छन् । लोडसेडिङ, श्रम समस्या तथा अस्थिर राजनीतिका बाबजुद विदेशी लगानीको प्रस्ताव तेब्बर बढ्नु सकारात्मक हो ।

औद्योगिक सम्पत्तिको दर्तामा पनि व्यवसायीहरु सचेत बन्न थालेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा २ हजार ५ सय १८ वटा ट्रेडमार्क दर्ता भएका छन् । आर्थिक वर्ष २०६८/६९ मा १ हजार ५ सय ७८ वटा मात्र ट्रेडमार्क दर्ता भएका थिए । त्यस्तै, ०६८/६९ मा ४ वटा डिजाइन दर्ता भएकोमा गत आवमा १४ वटा डिजाइन दर्ता भएका छन् ।

रमेश कुमार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>