रमझमसोमबार, साउन २८, २०७०
दाङमा हरधौवाको रौनक
मुख्य बाली धान लगाउँदाको थकान मेट्न मनाइने हरधौवामा बंगुरका परिकारहरू बनाएर आमन्त्रित आफन्त अनि छरछिमेकहरूसँग भोज गरिन्छन् । अतिथि सत्कारमा नामूद थारूहरू हरधौवामा सकेसम्म धेरैलाई निम्त्याउँछन् । थारू समुदायमा यो पर्व व्यस्त किसानीलाई केही दिन थाती राखेर कुलकुटुम्बको हालखबर बुझने अवसर पनि हो । खानपानपछि नाचगान हुन्छ नै ।
हरधौवा आउनै लाग्दा पनि कसैको खेती सकिएको छैन भने गाउँभरिका अरू परिवार जुटेर काम सकिदिन्छन् । अनि सबै पर्वमा सहभागी हुन्छन् । यसबाट एकताको भावना र सामुदायिक भाइचारा बढ्ने थारू संस्कृतिका जानकार सञ्चारकर्मी कृष्णराज सर्वहारी बताउँछन् । उनका अनुसार, सबैले रोपाइँ सकेको वा नसकेको हेरेर गाउँका मतहवा (अगुवा) ले सामूहिक भेला गराएर हरधौवा मनाउने दिन तय गर्छन् । हरधौवाको लागि मंगलबार, बुधबार वा शनिबार रोजिन्छ ।
गजेन्द्र बोहरा, दाङ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>