समाचारसोमबार, आषाढ ४, २०६९

प्रधानमन्त्री भट्टराई ब्राजील प्रस्थान

हिमालखबर

२४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ४ असारमा प्रधानमन्त्री भट्टराई ब्राजील प्रस्थान गरेका हुन । संयुक्त राष्ट्र सङ्घको तत्वावधानमा आयोजित अन्तराष्ट्रिय सम्मेलनमा विश्वका १५० देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखले भाग लिने कार्यक्रम रहेको छ । उनी ब्राजीलमा तीन दिन रहने छन् ।

यसैबीच, नेपाली काँग्रेस र नेकपा एमालेलगायतका विपक्षी दलहरुले भ्रमणको विरोध गर्दै विमानस्थलमा प्रधानमन्त्रीलाई कालोझण्डा देखाएका थिए । कामचलाउ भईसकेको प्रधानमन्त्रीले औपचारिक भ्रमणमा जान नमिल्नै भन्दै उनीहरुले नाराबाजी समेत गरेका थिए ।

३ असारमा बसेको एमाओवादी स्थायी समिति बैठकले पनि प्रधानमन्त्रीले भ्रमण गर्न नहुने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>