Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सुनिताको ‘आयो हरितालिका’ - Himalkhabar.com

रमझममंगलबार, साउन २९, २०७०

सुनिताको ‘आयो हरितालिका’

हिमालखबर

२९ साउनमा राजधानीको वल्र्ड ट्रेड सेन्टरमा नायक राजेश हमालसँगै पूर्व मिस नेपाल रुबी राणा, संगीतकार महेश खड्कालगायतले गायिका सुनिता दुलालको म्युजिक भिडियो संग्रह संयुक्त रूपमा सार्वजनिक गरेका छन् ।

समारोहको सभापतित्व ग्रहण गरेका हमालले आफू तीन वर्षदेखि तीजसँग जोडिएको भन्दै तीन वर्षअघि पोखरामा खाना खाँदै गरेको रेस्टुरेन्ट स्थानीय महिलाले दर खान बुक गरेको र आफूलाई त्यहींबाटै उपयुक्त दुलही छान्न भन्दै ठट्टा गरेको सुनाए ।

तीजलाई नेपाली महिलाहरुले अभिव्यक्ति स्वतन्त्रता दिवसका रुपमा पनि उपयोग गरिरहेको हमालको भनाई थियो ।
पूर्व मिस नेपाल रुवी राणाले तीजका गीतमा विकृति पनि आइरहेको भन्दै सुनिताका गीतहरु मौलिक र सभ्य रहेको धारणा व्यक्त गरिन् ।

‘आयो हरितालिका’ भिडियो संग्रहमा सात वटा गीतका भिडियो संग्रहित छन् । तीमध्ये ‘नाच्नलाई पैताला, भाँच्नलाई कम्मर’ र ‘यसपालिको तीजमा’ नयाँ भिडियो हुन् ।

कुमार विवाहितको शब्द र महेश खड्काको संगीत रहेको एल्बमको एउटा गीतमा दीपक लिम्बुको स्वर छ ।

राजेश हमाल, सुनीता दुलाल, राधा लम्साल र आशिष खड्काको अभिनय रहेको भिडियोको निर्देशन शंकर बिसी र गोविन्द राईले गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>