समाचारबुधबार, साउन ३०, २०७०

मातृभूमीमै प्राण त्याग्ने पूर्वप्रधानमन्त्री श्रेष्ठको इच्छा

सञ्जीव शर्मा

भारतको दिल्ली नजिक गुडगावँस्थित मेदान्त अस्पतालमा भर्ना गरिएका पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाई २९ साउन राति एअरएम्बुलेन्सबाट नेपाल फर्काइएको छ । हाल उनलाई नर्भिक अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखिएको छ ।

“बुवाको स्वास्थ्यस्थितिमा सुधार नभएपछि उहाँकै इच्छा अनुसार नेपाल फर्काएका हौं,” छोरी रश्मीले हिमालखबरसँग भनिन्, “अब वेला भयो, नेपाल नै फर्कौ भनेकाले उहाँको आग्रहलाई सम्मान गर्दै ल्यायौं ।”

पाँच दिनदेखि बोली बन्द भएका श्रेष्ठलाई नेपाल फर्काउनका लागि अस्पतालको बिल र एअरएम्बुलेन्सका लागि रकमको सरजाम गर्दैमा केही दिन लागेको छोरा अनिलले बताए ।

सरकारले पूर्वप्रधानमन्त्री श्रेष्ठको उपचारका लागि पाँच लाख रुपैयाँ दिने निर्णय गरे पनि उक्त रकम नलिएको छोरी रश्मीले बताएकी छन् । आफ्ना बाबु पनि यो देशको पूर्व प्रधानमन्त्री भएको तर, सरकारले पूर्व प्रधानमन्त्रीहरुलाइ दिने सुविधा नदिई फरक ब्यवहार गरेर पाँचलाख मात्रै दिएकाले त्यो स्वीकार नगरिएको उनले भनिन् ।

“देशभित्र र बाहिर रहेका नेपाली दाजुभाईको सहयोग र ऋण सापटिले काम चलायौं,” छोरा अनिलले भने ।

पञ्चायतको अन्त्यतिर प्रधानमन्त्री भएकाले विवादित बनेका श्रेष्ठ इमान्दार र राष्ट्रवादी भएको उनका विरोधीहरु पनि स्वीकार गर्छन् ।

जेठ २०४३ देखि चैत २०४६ सम्म प्रधानमन्त्री बनेका ७१ वर्षीय श्रेष्ठ त्यसअघि तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>