समाचारमंगलबार, आषाढ ५, २०६९
‘नेकपा, माओवादी’ नाम राखेकोमा आपत्ति
वैद्य समूहले नाम जुराएपछि उनले प्रेस विज्ञप्ति निकालेर आपत्ति प्रकट गरेका हुन् । यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राख्नुलाई बलमिच्याई भनिएको छ ।
२९ माघ २०६५ मा आफूहरुले पत्रकार सम्मेलनमार्फत घोषणा गरेको पार्टीको नाममै नयाँ पार्टी खोल्नुलाई यादवले ‘प्रचण्डपथीय चिन्तन र आलोक प्रवृत्ति’ भनेका छन् । यद्यपि, नयाँ पार्टी गठन गर्ने निर्णय पुगेका ‘किरणको त्याग, तपस्या र इमानदारीप्रति सम्मान व्यक्त गर्ने’ विज्ञप्तिमा उल्लेख छ । वैद्य पक्षकै भाषामा पुष्पकमल दाहाल र बाबुराम भट्टर्राई ‘दक्षिणपन्थी संशोधनवादका नाइके’ भनिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>