ब्लगशुक्रबार, साउन ३२, २०७०
पूर्वप्रधानमन्त्री श्रेष्ठको अन्त्येष्टि (फोटो फिचर)
सल्यानको खलंगामा १९ कार्तिक १९९७ मा जन्मेका ७३ वर्षीय मरिचमान सिंह श्रेष्ठ २०३० सालमा राष्ट्रिय पञ्चायतको सदस्य हुँदै २०३८ सालमा पञ्चायत नीति तथा जाँचबुझ समितिको अध्यक्ष तथा राष्ट्रिय पञ्चायतको अध्यक्ष बनेका थिए।
पञ्चायतको अन्त्यतिर २०४३ साल जेठदेखि २०४६ साल चैतसम्म श्रेष्ठ नेपालको प्रधानमन्त्री थिए ।
उनको अन्त्यष्टिमा सरकारले राजकीय सम्मान नदिएको भन्दै पशुपति आर्यघाटमा सिंहका समर्थकहरुले नाराबाजी गर्दै सरकारले दिने भनिएको सम्मान बहिस्कार गरे ।
उनीहरुले अन्य पूर्व प्रधानमन्त्रीहरुलाई जस्तै नेपाली सेनाबाट सम्मान गारथ सहतिको सम्मानको अपेक्षा गरेका थिए । त्यसो नहुँदा सरकारको निर्णय अनुसार अन्त्येष्टिमा सलामी दिन आएको प्रहरी निरीक्षकको टोलीलाई श्रेष्ठका समर्थकहरुले घेरेर सलामी साथै शोक धुन समेत बजाउन दिएनन् ।
अन्तिममा समर्थकहरुले पुरानो राष्ट्रगान ‘श्रीमान गम्भीर…’ गाएर श्रेष्ठलाई अन्तिम विदाई गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
