Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जनता जगाउने सर्जक - Himalkhabar.com

रमझमशनिबार, भाद्र १, २०७०

जनता जगाउने सर्जक

हिमालखबर

गाऊँ गाऊँबाट उठ, बस्ती बस्तीबाट ऊठ
यो देशको मुहार फेर्नलाई ऊठ…..

भोजपुर, दावाका श्याम तमोट (५९) ले २०३१ मा लेखेर संगीत भरेको यो गीतको लोकप्रियता अहिले पनि उस्तै छ । भोजपुर क्याम्पसको कार्यक्रमका लागी तयार पारेको यो गीत जनगायक रामेशको हातमा पुगेपछि लोकप्रिय भएको थियो । जसलाई १९ साउनमा नेपथ्य समुहका अमृत गुरुङले बेलायतको विश्व प्रसिद्ध वेम्बली एरेनामा समेत गुञ्जाए ।

यो गीतले २०३६ को जनमत संग्रह, २०४६ को पञ्चायत बिरोधी जनआन्दोलन र २०६२/२०६३ को दोश्रो जनआन्दोलनलाई कोरामिन हालेको थियो । २०५२ मा नेकपा माओवादीले सुरु गरेको शसस्त्र द्वन्द्वमा पनि उसले गाऊँ गाऊँमा यही गीत गुञ्जायो ।तर, प्राय भोजपुरतिरै बस्ने र बेला बेला राजधानी आउने तमोट भने गीत जसरी कहिले चर्चामा रहेनन् ।

नसोचेको सफलता

२०४६ को जनआन्दोलनको कथामा बनेको ‘बलिदान’ फिल्ममा समावेश यो गीत १६ भाषामा रेकर्ड भएको छ । जसको बारेमा साउन तेश्रो सातामा काठमाडौं इन्द्रचोकमा भेटिएका तमोट भन्छन्, ‘गीत लेख्दा यत्रो प्रसिद्धी पाउँने कल्पना गरेको थिइन ।

स्कुले विद्यार्थी छदै राल्फाका रामेश–मञ्जुलहरुको गीत भोजपुरमा सुनेपछि उनी त्यस्ता गीतहरुबाट प्रभावित बनेका थिए । २०२९ मा धरानमा क्याम्पस पढन झ्रेपछि गोविन्द विकल, बम देवानजस्ता कवीहरुको संगतले उनमा त्यस्ता गीतप्रतिको रुची अरु बढायो । साथी रमेश श्रेष्ठसँग मिलेर धरानमा त्यस्ता गीत गाउँन थालेका उनी पढाई सकेर भोजपुर फर्कदासम्म गीतार बजाएर गाउँन सिपालु भइसकेका थिए ।

त्यस्तै बेला भोजपुर क्याम्पसको विद्यार्थी युनियनको कार्यक्रममा गाउने गीत लेख्न उनलाई आग्रह आयो । र उनले यो गीत लेखे । त्यहाँ गाएको गीत सुनेका एकजना युवाले रामेशलाई त्यो गीत दिए । त्यस्तै गीत गाउँदै हिड्ने रामेशलाई यो गीतले नछुने कुरै थिएन । उनले गाउँन थालेपछि यो गीतले चर्चा पाएको मान्ने तमोट भन्छन्, ‘रामेश दाईको हातमा नपुगेको भए यो गीतले यति प्रसिद्धि पाउदैनथ्यो ।’

२०३६ को जनमत संग्रह र त्यसपछिका स्वयियु निर्वाचनमा गाउन थालिएपछि बिद्यार्थीहरुले यो गीतलाई गाउँगाउँ पु¥याए । २०४६ मा आन्दोलन सफल भएपछि यो गीतले अरु फैलिने मौका पायो ।

भावी योजना
२३ वर्ष शिक्षण पेशामा रहेर २०५७ मा सेवा निवृत भएका तमोट शहरको मोहमा कहिल्यै परेनन् । अहिले पनि उनी भोजपुरमै सामाजीक काममा क्रियाशिल छन् । सयौ गीत लेखेका उनका दुई दर्जन गीत रेकर्ड भएकाछन् ।जसमा संघर्ष हो जीवन, जीवन संघर्ष हो…, हिड मेरा भाई हो झ्म्पल बोकेर…, मन भीत्र के छ ठुली किन बोल्दीनौ… गीत चर्चित छन् । संघर्ष हो जीवन गोविन्द विकलसँग मिलेर लेखेका थिए भने मनभीत्र के छ ठुली… न्युह बज्रचार्यको संगीतमा गुलाम अलीले गाएकाछन् ।

नेपालको राजनैतिक परिवर्तनमा ठूलो भूमिका रहेको गीत संगीतको महत्व कायम राख्न पछिल्लो समय रामेश र रायनको अगुवाईमा निर्मित ‘सार्थक जन संगीत प्रतिष्ठान’ मा उनी आवद्ध भएका छन् । जसमा पूरै समय लाग्न उनी अब केहि समयमै काठमाडौं आउँदैछन् । तमोट भन्छन् ‘अबको बाँकी जीवन त्यही प्रतिष्ठानमा लगाउने योजनामा छु ।’
राष्ट्रिय प्रतिभा पुरस्कार २०६९ बाट पुरस्कार पाएकोमा र ‘गाउँ गाउँबाट…’ त्रिभुवन बिश्वविद्यालयको बीएडमा पढाई हुन थालेकोमा खुसी देखिएका तमोट भन्छन् “केही पाउने लोभ कहिल्यै नराखेको भएपनि मेरो गीतले प्रसिद्धी पाएको र राष्ट्रले पनि सम्मान दिएकोमा धेरै खुसी छु ।”
अनुशील

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>