Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हास्य व्यंग्यमाथि छलफल - Himalkhabar.com

रमझमआइतबार, भाद्र २, २०७०

हास्य व्यंग्यमाथि छलफल

हिमालखबर

१ भदौमा कलाकार किरण केसीले आयोजना गरेको कार्यक्रममा हास्यव्यंग्य, फिल्म, पत्रकारिता क्षेत्रका व्यक्तिहरुले नेपाली हास्यब्यंग्य क्षेत्रको अवस्थाका बारेमा चर्चा गरेका छन् ।

कार्यक्रममा फिल्म निर्देशक यादव खरेलले आफ्नो जमानामा गाईजात्राका अवसरमा व्यंग्य कविता वाचन गर्ने गरेको सम्झदै अहिले हासयब्यंग्य छाडा हुँदै गएको तर्फ सचेत रहनु पर्ने बताए ।

पत्रकार कनकमणी दीक्षितले मुलुकले निरन्तर संक्रमण बेहोरिरहेको अवस्थामा हास्यब्यंग्यले जनताको मनमा औषधी नभए पनि मल्हम लगाएको बताए । उनले हास्य क्षेत्रमा अर्काइभिङको आवश्यकता रहेको तर्फ औंल्याएका थिए ।

कार्यक्रममा कार्टुनिस्ट राजेश केसीले छापा माध्यम संकटमा पर्दै गएको भन्दै छापा सञ्चार माध्यम नरहे कार्टुन विधा पनि संकटमा पर्ने चिन्ता व्यक्त गरे ।

कलाकार हरिवंशले समाजिक विकृती विरुद्ध हास्यव्यंग्यकर्मीले जोडदार आवाज उठाउनु पर्ने धारणा व्यक्त गरे ।

केसीले यस्तो छलफल आगामी दिनहरुमा पनि आयोजना गरिने बताएका छन् ।

कार्यक्रममा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र ध्रुबरत्न हाडालाई सम्मान गरिएको थियो ।


-ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>