रमझमसोमबार, भाद्र ३, २०७०

डोलेश्वरमा हिमानी (फोटो फिचर)

dewaki

केदारनाथमा महादेवको शरीर र भक्तपुरमा उनै महादेवको शीर भएको जगद्गुरु भीमाशंकर लिङ्गम शिवाचार्य महास्वामीले घोषणा गरेका थिए । केदारनाथको जस्तै पूजाअर्चना डोलेश्वरमा हुन थालेपछि त्यहाँ श्रद्धालुहरुको घुइँचो लाग्ने गरेको छ ।

धर्मकर्ममा रुची राख्ने पूर्व युवराज्ञी हिमानी शाह पनि ३ भदौ सोमबार डोलेश्वर महादेवको पूजाअर्चना गर्न पुगिन् । महादेव दर्शनका लागि गएकी हिमानी शाहलाई स्थानीयले फुलमालाले स्वागत गरे ।

डोलेश्वर मन्दिरका पुजारीका अनुसार पौराणिक कालमा महाभारत युद्धपछि अर्जुनपुत्र अभिमन्यूका छोरा परीक्षितलाई राज्य जिम्मा लगाई पाण्डवहरु स्वार्गतर्फ लाग्दा महादेवको दर्शन गर्ने इच्छाले केदारनाथतर्फ लागेका थिए । तर महादेवले स्वजनहत्याको पाप गरेको भन्दै पाण्डवहरुलाई दर्शन नदिने इच्छाले साँढेकोे रुप धारण गरे । साँढे रुपधारी महादेवलाई चिन्न पनि पाण्डवहरुलाई गाह्रो भएन । उनीहरुले उक्त साँढेको पुच्छर तान्न खोज्दा साँढे जमिनमा धसियो । धसिएको भाग केदारनाथ बन्यो भने शीर भक्तपुरको डोलेश्वरमा आएको शिवपुराण र महाभारतको स्वर्गारोहण पर्वमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>