समाचारमंगलबार, आषाढ ५, २०६९

निर्वाचन आचारसंहिताविपरीत सरुवा: काँग्रेस

रासस

पार्टी कार्यालय, विपीनगरमा ५ असारमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले कामचलाउ सरकारका हैसियतमा रहेको वर्तमान सरकारले आफैले निर्वाचनको मिति घोषणा गरी निर्वाचन आचारसंहिताविपरित सरुवा गर्नु स्वतन्त्र निर्वाचन प्रणालीको अपमान भएको जनाएको छ ।

बैठकले कर्मचारी सरुवा गरेर वर्तमान सरकार अप्रजातान्त्रिकरुपमा अगाडि बढेको पुष्टि भएको भन्दै सरकारका यस्ता गतिविधिले सर्वसत्तावादी चरित्र उदाङ्गो भएको र उसको सत्ता कब्जा गर्ने मानसिकता स्पष्ट भएको निष्कर्ष निकालेको छ ।

लोकतान्त्रिक पद्दतिमा कुनै विपक्षी दलको कार्यक्रमको प्रत्यक्ष प्रशारण गरेवापत पत्रकार र सञ्चारमाध्यममाथि हस्तक्षेप हुनु स्वतन्त्र पत्रकारितामाथिको अप्रजातान्त्रिक कदम हो भन्दै बैठकले यस्ता गतिविधिले सरकारको नियतप्रति आशङ्का उब्जाएको ठहरसमेत गरेको छ ।

बैठकले मुलुकमा देखिएको राजनीतिक र संवैधानिक सङ्कट निवारणका लागि वार्ता र सम्वादलाई अगाडि बढाउने र त्यसको नेतृत्व पार्टीले गर्नुपर्ने निष्कर्ष निकाल्दै कामचलाउ सरकारले गरेका सबै क्रियाकलाप फिर्ता गराएर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने दिशामा प्रभावकारी कदम चाल्ने निर्णयसमेत गरेको छ ।

वर्तमान सरकारले जनताको ढाड सेक्ने गरी डिजेल र मट्टीतेलमा आजदेखि लागु हुने गरी गरेको मूल्यवृद्धिको चर्को विरोध गर्दै बैठकले सरकार भ्रष्टाचार, असुरक्षाजस्ता विषयमा मौन रहेको र मनपरी ढङ्गले अगाडि बढिरहेको आरोपलगाएको छ ।

पार्टीका भ्रातृसंस्था विघटनको विषयलाई लिएर नेतृत्वसँग रुष्ट भएको वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको पनि सहभागिता रहेको बैठकले पार्टी एकताको सन्देश दिएको भन्दै बैठकमा सभापति सुशील कोइरालाले प्रशन्नता व्यक्त गरेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>