अर्थ/बजारमंगलबार, भाद्र ४, २०७०

‘डाँडाघरे वाइन’ जापान पुग्यो

हिमालखबर

पोखरामा उत्पादित ‘डाँडाघरे वाइन’ जापान निर्यात गर्न टोकियोस्थित नेओनेट कम्पनीसँग सम्झौता भएकोछ । निर्यातका लागि १३० कार्टुन जापान पठाएपछि त्यसको परीक्षणपश्चात हिलहट वाइनरी र नेओनेटबीच २३ साउनमा सम्झौता भएको हो ।

हिल हट वाइनरीका प्रमुख पोखरेली पर्यटनविद् झलक थापाका अनुसार स्पेन र कोरियामा पनि डाँडाघरे वाईन निर्यात गर्ने योजना छ ।

पोखराको सिमलचौरमा रहेको हिल हट् वाइनरीले दैनिक ६ सय लिटर वाईन उत्पादन गर्दै आएकोमा अब त्यसलाई बढाएर १ हजार लिटरसम्म पुर्‍याउने थापाले जानकारी दिए । “विदेशी मुद्रा भित्रएपछि मात्र, निर्यातको अनुमति सरकारी निकायले दिन्छ,” थापाले भने,“ यो उधारोमा जाँदैन, विदेशी मुद्रा भित्रएपछि मात्र निर्यात हुन्छ ।”

‘सुन्दर पोखराको प्रस्तुती, सुन्दर मन भएकाहरुको लागि’ भन्ने नारा लेखिएको जडीबुटी, फलफल र महबाट बनाइएको थापाले वताए । उनले भने, “यो पूर्ण हर्बल वाइन हो ।”

अहिले डाँडाघरे वाईनको देशभित्र मात्रै वार्षिक कारोवार २ करोडको  छ ।

डाँडाघरे वाईनमा ११ देखि १२ दशमलव ५ प्रतिशत अल्कोहल छ । मह, स्याउ, सुकेको अंगुर, धोविनीको जरा लगायत विभिन्न फलफुल र जडिबुटी प्रयोग गरिएको डाँडाघरे वाईन ५ थरीका छन् । सुकेको अंगुर बाहेक सबै कच्चा पदार्थ स्वेदशी हुन् ।

माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>