समाचारबुधबार, आषाढ ६, २०६९

चार दलको बैठक सम्पन्न

हिमालखबर

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ६ असारमा सम्पन्न छलफलपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक र कानूनी संकटको समाधान राष्ट्रिय सहमति भएको धारणा राखे । दलहरुबीच सहमतिको विकल्प नभएको विषयमा छलफल भएको थियो ।

बैठकपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले विदेशी शक्तिका कारण संविधानसभा विघटन भएको धारणा राखे । कुन चाहिँ विदेशी शक्तिका कारण संविधानसभा विघटन भएको भन्ने कुरा भने नेता नेपालले सञ्चारकर्मीमाझ खुलाएनन् । संविधानसभा मात्रै होइन अन्य विषयमा समेत विदेश हस्तक्षेप जारी रहेको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>