समाचारबुधबार, आषाढ ६, २०६९
वैद्यको नेतृत्वमा अराजकतावादी झुण्डः दाहाल
वैद्यले नयाँ पार्टी घोषणा गरेको भोलिपल्ट ६ असारमा दाहालले विज्ञप्तिमार्फत राष्ट्रिय सम्मेलन र महाधिवेशनसम्म एकताबद्ध भएर जाने प्रस्तावलाई नकारेको उल्लेख पनि गरेका छन् । नयाँ पार्टी गठन गर्ने निर्णयले देशभित्र र बाहिरका प्रतिक्रियावादीलाई मात्र खुसी तुल्याएको दाहालको ठहर छ ।
दाहालको विज्ञप्तिमा पार्टीमा अन्तरसंघर्षका क्रममा वैद्य पक्षमाथि लाग्दै आएको ‘वैचारिक रुपले यान्त्रिक, संकीर्ण र जडसूत्रवादी, राजनीतिक रुपले ‘वामपन्थी’ लफ्फाजी सहितको विसर्जनवादी र संगठनात्मक रुपले अराजकतावादी विचलन’ भन्ने आरोप सत्य प्रमाणित भएको उल्लेख छ । १२ बुँदे समझदारी र लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको संविधानसभालाई गलत भनेर जनयुद्ध र जनव्रि्रोहको कुरा गर्नुलाई दाहालले हास्यास्पद वितण्डा भनेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, “वैद्य पक्षको फुटपरस्त र विसर्जनवादी विचलनलाई अझ उग्ररुप दिएर क्रान्तिकारीकै बीच भौतिक संघर्षको शृंखला खडा गर्ने प्रतिकान्तिकारी षडयन्त्रप्रति सजग र सतर्क रहन पनि अपिल गर्न चाहन्छु ।” महाधिवेशनसम्म संवाद जारी राख्ने वैद्य पक्षको भनाइलाई भने दाहालले सकारात्मक भनेका छन्