समाचारबुधबार, आषाढ ६, २०६९

नयाँ माओवादी जडसूत्रवादीः एमाले अध्यक्ष

saroj dahal

राजधानीमा सम्पन्न एमालेको दुइदिने कार्यकर्ता भेलाबारे जानकारी दिन ६ असारमा पार्टी मुख्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा खनालले यस्तो धारणा राखेका हुन् । उनले भने “आधिकारिक दस्तावेज हेर्दा उनीहरू एनेकपा माओवादी भन्दा जडसूत्रवादी देखिएका छन् ।”

विद्यमान राजनीतिक संकट टार्न राष्ट्रपतिले संविधानमै रहेर भूमिका निर्वाह गर्नुपर्ने अध्यक्ष खनालको धारणा थियो । “सहमतिका लागि सरकार परिवर्तन पहिलो अनिवार्य शर्त हो”, उनले जोड दिए ।

एमाले बहुजातीय पहिचानको आधारमा राज्यपुनर्संरचना गर्नुपर्ने निर्णयमा अडिग रहेको खनालले जानकारी दिए । असन्तुष्ट आदिवासी जनजाति र मधेशी नेताहरूतर्फलक्षित गर्दै उनले एमालेमा सबै अट्न सक्ने बताए । राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित १८ बुँदे प्रस्ताव यसमा मार्गदर्शक बन्ने खनालको विश्वास थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>