समाचारबिहीबार, आषाढ ७, २०६९

प्रधानमन्त्रीको राजीनामा आउँदैन-देवेन्द्र पौडेल

रासस

म्याग्दीको सदरमुकाम बेनीमा ७ असारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले दल विशेषको चित्त नबुझेर सडकबाट राजीनामा माग्दैमा राजिनामा दिने नभई संविधानसभा समेत नरहेको अवस्थामा सहमति कायम भएमा मात्रै प्रधानमन्त्रीको राजीनामा आउने बताए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ६ असारमा सहमतिका लागि प्रधानमन्त्रीको राजीनामा आउने धारणा राखेको भोलिपल्ट पौडेलले यस्तो भनाइ सार्वजनिक गरेका हुन् ।

सल्लाहकार पौडेलले पार्टी फुटाएर क्रान्ति सम्भव नभएको बताए । पार्टी एकताको पक्षमा हुँदाहुँदै वैद्य पक्षले क्रान्ति र वर्ग मुक्तिका लागि भन्दै पार्टी फुटाउनु दुर्भाग्यपूर्ण रहेको बताउँदै वामशक्ति एकताबिना क्रान्ति र वर्गमुक्ति सम्भव नभएको उल्लेख गरे ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार पौडेलले भने, “पार्टी एकताबाट विचलित बनेर छुट्टै पार्टीको घोषणा गरी क्रान्ति गर्र्छौँ भन्नु वैद्य समूहको आवेगको परिणाम हो ।”  क्रान्ति फुटेर र आवेगको निर्णय नभई निश्चित लक्ष्य, कार्यदिशा, निशाना बनाएर निश्चित वर्गको मुक्तिका लागि हुने भन्दै पौडेलले वैद्य समूहको निश्चित निशाना र कार्यदिशा नभएकाले विद्रोह र क्रान्ति सम्भव नभएको उल्लेख गरे ।

वैद्य पक्षको आग्रहमा पार्टी अध्यक्ष नेतृत्व परिवर्तनका लागि र प्रधानमन्त्री पद त्याग्न तयार थिए, पौडलले भने,”लामो समयदेखि पार्टी नेतृत्वविरुद्ध उनीहरु आइलागे तर पार्टी कुनै कारबाही गरेन, आखिर आफै नयाँ पार्टीको घोषणा गरे ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>