खेलकुदआइतबार, भाद्र ९, २०७०

साफ फुटबल अभ्यासका लागि चार मैदान

हिमालखबर

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधारका अनुसार सहभागी खेलाडीले लगनखेलस्थित नेपाली सेनाको सैनिक खेलकुद तथा शारीरिक तालिम केन्द्रका दुई मैदान, भद्रकालीस्थित सैनिक जङ्गी अड्डाको मैदान र नक्सालस्थित प्रहरी प्रधान कार्यलयको मैदानमा अभ्यास खेल खेल्ने छन् ।

प्रतियोगिताका १५ खेलहरूमध्ये समूह चरणका तीन खेल सशस्त्र प्रहरीको मुख्यालय हल्चोकस्थित मैदामा खेलाइने छ भने बाँकी १२ खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा सञ्चालन हुनेछन् ।

खेलाडीलाई प्रतियोगितामा सहभागी हुनुपूर्व अभ्यास खेलको आवश्यकता पर्ने भएकाले काठमाडौँमा उपलब्ध भएका खेल मैदानमध्येका उत्कृष्ट मैदान छनोट गरिएको एन्फा महासचिव धीरेन्द्र प्रधानले बताए ।

कुन देशका खेलाडीलाई कुन मैदानमा अभ्यास खेल खेल्न दिने भन्ने विषयको टुङ्गो अझै भइसकेको छैन ।

प्रतियोगितामा सार्कमा आबद्ध आठवटै राष्ट्र सहभागी हुने एन्फाले जनाएको छ । सहभागी खेलाडी ८ भदौदेखि नै नेपाल आउने क्रम शुरु भइसकेको छ ।

यसैबीच साफ च्याम्पियनसिपको तयारीका लागि अभ्यास खेल खेल्न वैदेशिक यात्रामा निस्किएको नेपाली राष्ट्रिय टोली ९ भदौ राति स्वदेश फर्किएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...