Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संगीत–नाट्य प्रतिष्ठानः अनैतिक दबाबबाट राजीनामा - Himalkhabar.com

रमझमसोमबार, भाद्र १०, २०७०

संगीत–नाट्य प्रतिष्ठानः अनैतिक दबाबबाट राजीनामा

हिमालखबर

कुनै पनि हालतमा मासिक र आजीवन भत्ता नखाई नछाड्ने अभियानमा लागेका प्राज्ञ सभाका सदस्यहरूले त्यसमा अवरोध बनेका सदस्य सचिव अच्युतप्रसाद फुयाल (आभाष) विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी थालेपछि उनले राजीनामा दिएका छन् ।

प्राज्ञ सभा सदस्यहरूले १० वैशाख २०६६ मा प्रतिष्ठान गठन भएयताको पूरा समय भत्ताको झ्गडामा बिताएका छन् (हे. http://www.himalkhabar.com/?p=33405) । नियम अनुसार, उनीहरूले सभा भत्ता मात्र पाउँछन् र देशका प्राज्ञहरूले नसुहाउँदो लोभ गर्दैनन् भन्ने विश्वास राखिन्छ । तर, प्राज्ञ सभा सदस्य श्रवण मुकारुङ भन्छन्, “अरूले अर्वौं उडाइरहेका वेला स्रष्टाले रु.८ हजार खानु गलत हो भन्ने लाग्दैन ।”

नभन्दै, २९ साउनदेखि एक साताको विदा बसेका सदस्य सचिव आभाष ७ भदौमा राजीनामा दिन बाध्य भएका छन् । कुलपति अम्बर गुरुङलाई राजीनामा बुझएका उनले कानूनी र नैतिक रूपले मिल्दै नमिल्ने र अख्तियारी पनि नपाएको काम गर्न नसकेपछि बाहिरिने निर्णय गरेको बताए ।

उनका अनुसार, प्रतिष्ठानलाई यो वर्ष अर्थ मन्त्रालयले दिएको साढे तीन करोड रुपैयाँमध्ये राजधानी र बाहिरका चार ठाउँमा संगीत–नाटक उत्सव गर्दा रु.४९ लाख खर्च भइसकेको छ । बाँकी रकमले अरू कार्यक्रम संचालन र प्रतिष्ठानको वार्षिक संचालन खर्च धान्नुपर्छ ।

सदस्यहरू भने नियुक्तिको समययताको मासिक रु.८ हजारको दरले प्रतिव्यक्ति तीन लाख १२ भत्ता पाउनुपर्ने रडाको गरिरहेका छन् । तर, सदस्य सचिवले भोलि आफैं अप्ठ्यारोमा पर्ने हुनाले दिन नमिल्ने अडान लिंदा द्वन्द्व चुलिएको एक प्राज्ञ सदस्य बताउँछन् । नाम उल्लेख गर्न नचाहने ती सदस्य भन्छन्, “साथीहरूले पनि भोलि फिर्ता गर्नु परे गर्ने, तर अहिले चाहिं खाएरै छाड्ने अडान छाडेनन् ।”

आफूहरू संस्थापक प्राज्ञ सभा सदस्य भएको दावी गर्दै उनीहरूले १४ असार २०६८ मा सभाबाट आजीवन भत्ताको नियमावली पनि पास गराएका छन् । तर, पार्टीहरूको सिफारिशमा सरकारले नियुक्ति गरेका उनीहरू स्थापनाकालीन हुन्, संस्थापक होइनन् ।
——————————————————————————————-

‘म राज्यको भार हुनुपर्छ भन्ने मान्यता राख्दिनँ’
आभाष, सदस्य सचिव

मन्त्रालयले भत्ताकै लागि भनेर लिखित रूपमा बजेट पठाएको छैन, तर सभाका साथीहरू त्यो हाम्रै लागि हो, जसरी पनि बाँड्नुपर्छ भन्नुहुन्छ । त्यो रकमबाट भत्ता दिनु भनेको एकेडेमीमा ताला लगाउनु हो । नियमावलीकै टुंगो नलागेको अवस्थामा भत्ता खानु/खुवाउनु विधिले पनि दिंदैन । उता संस्कृति मन्त्रीबाट पनि त्यस्तो अनैतिक भत्ता कुनै हालतमा दिन मिल्दैन भन्ने कुरा आयो । भोलि म आफैं फस्ने कुरा पनि आएन । र पनि, जोरजुलुम हुन थालेपछि साथीहरूलाई बाटो खुला गर्न राजीनामा दिएको हुँ ।

सभाका साथीहरूमा भत्ताभन्दा अर्को कुनै सोच देखिएन । अविश्वासको प्रस्ताव ल्याएर मलाई हटाउने तयारीबारे पनि सुनें, मैले छोड्दा उहाँहरूले खान पाउनुहन्छ भने ठीक छ । जहाँसम्म आजीवन भत्ताको कुरा छ, म कलाकारहरू राज्यको लागि भार हुनुपर्छ भन्ने मान्यता राख्दिनँ, गरेर खानेमा विश्वास राख्छु ।
ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>