Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अभिनयमा अब्बल - Himalkhabar.com

रमझममंगलबार, भाद्र ११, २०७०

अभिनयमा अब्बल

हिमालखबर

आठ वर्षअघि आरोहणको गुरुकुलमा दुईवर्षे अभिनय कोर्ष गरेर अभिनय थालेकी पाटनढोका, ललितपुरकी समुना केसी (२५) ले रंगमञ्चको राम्रो कलाकारको परिचय बनाइसकेकी छिन् । वरिष्ठ रंगकर्मी सुनिल पोखरेलका अनुसार, समुना हरेक चरित्रमा जीवन्त अभिनय गर्न सक्ने कलाकार हुन् ।

भारतको गुजरातमा रहेको एमएस युनिभर्सिटीबाट पर्फमिङ आर्टमा स्नातक समुनाको ४ साउनदेखि २ भदौसम्म मण्डला थियटरमा मञ्चित नाटक स्वप्नमहल को अभिनयले अरु तारिफ दिलाएको छ ।

यो नाटक अंग्रेजी नाटक अ स्ट्रिट कार नेम्ड डिजायर बाट उनैले नेपालीमा रुपान्तरण गरेकी हुन् । गुरुकुलमा रहँदा पनि उनले बाघभैरव, माय नेम इज सपना, तारा देवी लै लै, जीवनदेखि जीवनसम्म जस्ता नाटकमा अभिनय गरेकी थिइन् ।

मिस जुली, पुलबाट हेर्दा, स्वप्नमहल, बाँकी उज्यालो र अंग्रेजी नाटकहरू एन्जेल्स् इन अमेरिका, कन्फेरेन्स अफ बर्ड, मेटामोरफोसीस, नेपाली आमा, गड अफ कार्नेज मा अभिनय गरेकी उनले पुलबाट हेर्दा, मिस जुली अंग्रेजीबाट अनुवाद गरेकी छिन् ।

फ्रिलान्सर नेपाल नामको नाट्य संस्थाबाट रंगकर्ममा सक्रिय रहेकी उनी नेपाली दर्शकलाई उत्कृष्ट नाटक देखाउन विदेशी नाटकको अनुवाद गरेको बताउँछिन् । धन्दा, बधशाला, तोरीलाहुरे, विना कारण जस्ता चलचित्रमा अभिनय गरेकी सुमिना भन्छिन्, “फिल्ममा होस् या नाटकमा सधैं उत्कृष्ट अभिनय पस्किने कोशिशमा हुन्छु ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>