अर्थ/बजारमंगलबार, भाद्र ११, २०७०
सार्क अर्थमन्त्रीस्तरीय बैठक कोलम्बोमा
कोलोम्बोमा हुने सार्क अर्थमन्त्रीहरुको बैठक दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा), सार्क वित्तीय मामला, लगानी संरक्षण तथा आर्थिक सङ्घ निर्माणमा केन्द्रित हुने अर्थ मन्त्रालयले जनाएको छ । बैठकमा भागलिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै १३ भदौमा अर्थमन्त्री शङ्करप्रसाद कोइराला श्रीलङ्का जाँदैछन् ।
त्यसअघि सार्क मुलुकका अर्थसचिवहरूको बैठक १३ भदौमा हुनेछ । उक्त बैठकका सिफारिसलाई मन्त्रीस्तरीय बैठकले अनुमोदन गर्नेछ । बैठकमा भाग लिन अर्थ सचिव शान्तराज सुवेदी १२ भदौमा जाँदैछन् ।
सचिवस्तरीय बैठकको तयारीका साथै सार्क विकास कोषको बैठकमा भाग लिन अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनी र सोही महाशाखाका उपसचिव कैलाशराज पोखरेल ११ भदौमा श्रीलङ्का प्रस्थान गरिसकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
