अर्थ/बजारमंगलबार, भाद्र ११, २०७०

राष्ट्रपतिद्वारा ‘एफएनसीसीआई एक्सिलेन्स अवार्ड २०७०’ प्रदान

हिमालखबर

नेपाल उद्योग वाणिज्य महासङ्घले स्थापना गरेको ‘एफएनसिसिआई एक्सिलेन्स अवार्ड’ विगत छ वर्षदेखि प्रदान गरिँदै आएको छ ।

समारोहमा राष्ट्रपति यादवले पर्यटन व्यवसायी प्रभावकरशम्शेर जबरालाईे ‘लाइफ टाइम अचिभमेन्ट’ सम्मानबाट विभूषित गरे भने लघु उद्यमतर्फ गेट पेपर इन्डष्ट्रिजले एक्सिलेन्स अवार्ड हात पार्‍यो ।

राष्ट्रिय कम्पनीअन्तर्गत एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा चौधरी ग्रुपको उत्पादन वाईवाईले पिपुल्स च्वाइस अवार्ड पाएर वेष्ट ब्राण्ड घोषणा भएको छ । अन्तराष्ट्रिय कम्पनीतर्फ एनसेल वेष्ट ब्राण्ड घोषित भएको छ ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ ‘विजनेश पर्सन अफ दि इयर’ घोषित भए भने उपेन्द्र महतो ‘एनआरएन विजनेश पर्सन’ घोषित भए ।

पुरुषतर्फ अमेरिका बस्ने नेपाली युवा फेसन डिजाइनर प्रवल गुरुङ, महिलातर्फ ‘क्लोज सर्किट क्यामरा’ प्राविधिक मिली श्रेष्ठ र टिभी फिल्मीकी सञ्चालक निकिता पौडेलले ‘योङ विजनेश अचिभर’ को सम्मान पाए ।

ठूला उद्योगतर्फको नेसनल एक्सिलेन्सी अवार्ड युनिलिभर नेपाल लिमिटेड, मध्यमस्तर उद्योगको क्वेष्ट फर्माच्युटिकल्स प्रालि र साना उद्योगमध्येको गेट पेपर इण्डस्टि«ज प्रालिले प्राप्त गरे ।

ठूला उद्योगमध्ये मात्र छनोट गरिएको ‘पिपुल एक्सिलेन्स अवार्ड’ अन्तर्गत नबिल बैंक लिमिटेड सम्मानित भएको छ ।
सर्भिस एक्सिलेन्स अवार्डमा ठूलो उद्योगको सम्मान एनसेल प्रालिले हात पारेको छ । सर्भिस एक्सिलेन्सको मध्यमस्तरमा एड्भान्स पोली क्लिनिक पुरस्कृत भयो भने साना उद्योग समूहबाट सो अवार्ड विजेता एफ वान सफ्ट इन्टरनेसनल प्रालि बनेको छ ।

पुरस्कार उद्योगमन्त्री शंकर कोइराला र राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले पनि वितरण गरेका थिए ।

सो अवसर एफएनसिसिआईका अध्यक्ष सुरज वैद्यले मुलुकको आर्थिक विकासका लागि लगानीको वातावरण बनाउन निजी क्षेत्र तत्पर रहेको बताउँदै त्यसमा सरकारले पनि साथ दिनुपर्नेमा जोड दिए ।

सम्मानको प्रमुख प्रायोजक संस्था निम्बस प्रालिका प्रबन्ध निर्देशक आनन्द बगारियाले कृषि तथा पशुपालनको क्षेत्रमा मुलुकको अग्रणी संस्थाको रुपमा निम्बसले कार्य गरिरहेको र आठसय बढीले रोजगारी पाएको जानकारी दिँदै सात वर्षपछि यो सङ्ख्यालाई तीन गुणाले बढाउने लक्ष्यका साथ काम भइरहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>