समाचारबिहीबार, आषाढ ७, २०६९

कांग्रेस र एमालेमा जनजातिबारे छलफल

हिमालखबर

एमाले केन्द्रीय कार्यालय बल्खुमा ७ असारमा बसेको बैठकमा राष्ट्रिय कार्यकर्ता भेला बहिष्कार गरेर धुलिखेलमा छुट्टै बैठक गरेको पार्टी उपाध्यक्ष अशोक राईलगागतका नेताहरुले उठाएको विषयमा गम्भीरताका साथ छलफल भइरहेको एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले हिमालखबरलाई जानकारी दिए । दुई दिने कार्यकर्ता भेलाको समीक्षाका लागि बोलाइएको भए पनि असन्तुष्ट जनजाति र मधेशी नेताहरुको बैठक बहिष्कार गरेको विषयले महत्व पाएको एक नेताले बताए ।

आज मध्याह्न तीन बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठकमा पनि आफ्ना पार्टीका जनजाति नेताहरुको मागलाई प्राथमिकतामा राखिएको कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिए । कांग्रेस पूर्व केन्द्रीय सदस्य इन्द्रबहादुर गुरुङ लगायतले सभापति सुशील कोइरालालाई बुझाएको ज्ञापनपत्रलाई आधार बनाएर छलफल गर्न लागिएको केन्द्रीय सदस्य गुरुङले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>