समाचारबिहीबार, आषाढ ७, २०६९

एमालेद्वारा सात बहुजातीय प्रदेश प्रस्ताव

हिमालखबर

एमाले मुख्यालय बल्खुमा ७ असारमा बसेको केन्द्रीय समितिको बैठकमा राष्ट्रिय कार्यकर्ता भेलाको सुझावको आधारमा स्थायी समितिले यस्तो प्रस्ताव ल्याएको एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिए ।

प्रस्तावित प्रदेशहरु
१ ताम्सालिङ्-नेवा-बागमती
२ किराँत-लिम्बु-कोसी
३ सेती-महाकाली
४ थरुहट-अवध-लुम्बिनी
५ भोजपुरा-मिथिला-जनकपुर
६ तमु-मगरात-गण्डकी र
७ भेरी-कर्णाली

बैठकले विघटित संविधानसभामा भएका कामको समीक्षा गर्न सचिव शंकर पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठनको प्रस्ताव गरेको छ । प्रदिप ज्ञवाली, भीम रावल, अग्नि खरेल, रघुवीर महासेठ, थममाया थापा र विन्दा पाण्डेलाई समितिको सदस्यमा प्रस्ताव गरिएको छ । ८ असारमा पनि बैठक बोलाइएको भट्टराईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>