समाचारशुक्रबार, आषाढ ८, २०६९

अर्थमन्त्री र एमाले अध्यक्षबीच बजेटबारे छलफल

हिमालखबर

८ असारमा खनाल निवास डल्लुमा भएको भेटवार्तापछि मन्त्री पुनले बजेटको प्राविधिक तयारी गरिरहन अध्यक्ष खनालले सल्लाह दिएको सञ्चारकर्मीलाई जानकारी दिए । उनले पूर्ण बजेटकै तयारी भइरहेको तथा सबै राजनीतिक पार्टीलाई मान्ने हुने खालको बजेट आउने बताए ।

एमाले अध्यक्ष खनालले भने प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा सहमतिका लागि पहिलो शर्त भएको बताएका थिए । सहमति विना बजेट आउन नसक्ने खनालको भनाइ थियो । भेटमा अर्थ सचिव कृष्णहरि बास्कोटा पनि सहभागी थिए ।

आर्थिक वर्ष २०६९/०७० को आयव्यय विवरण प्रस्तुत गर्ने समय नजिकिंदै गर्दा मन्त्री पुनले शीर्ष नेताहरूसँग छलफल शुरू गरेका हुन् । ७ असारमा उनले कांग्रेस सभापति सुशील कोइरालालाई भेटेका थिए । ९ असारमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम तय भएको मन्त्री पुनका प्रेस सल्लाहकार मनोज घर्ती मगरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>