ब्लगशनिबार, भाद्र १५, २०७०
पाटनको भीमसेन जात्रा (फोटो फिचर)
ब्यापारीका प्रयाप्त र प्रतिकका रुपमा पुजा गरिने भीमसेन खट जात्रा ललितपुरको महत्वपुर्ण जात्रा मध्ये एक हो । नेपालका धेरै स्थानमा भीमसेनको पुजा र जात्रा गर्ने गरिएको छ तर पाटनमा मनाईने जात्राको रौनकता बेग्लै हुन्छ । हरेक वर्ष भाद्र कृष्ण दशमीको दिन भीमसेन पुजा र जात्रा गर्ने गरिन्छ । नेवारहरुको बाहुल्यता रहेको पाटनमा यो जात्रा मनाउँन र हेर्न उपत्यकाका धेरै ठाउँका मानीसहरु आउँने गरेकाछन् । विश्व सम्पादा सुचिमा समावेश पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर परिसरबाट यो जात्रा सुरु हुन्छ । मल्लकालिन राजा श्रीनिवास मल्लले १७३८ सालमा प्यगाडा शैलीमा निर्माण गरेको यो मन्दिर काष्ठ र धातु कलाको अनुपम नमुना मानिन्छ ।
राती हुने यो जात्रा भीमसेन मन्दिरको मुल डबलबिाट सुरु भएर पुरै पाटन शहरको परिक्रमा पछि विसर्जन हुन्छ । जात्रामा बच्चादेखी बुढा बुढीसम्म हातमा धुप बालेर ‘भीमसेन महाराजकी जय’ भन्दै सरिक हुन्छन् । पाटनका प्रत्येक टोलका भजन मण्डलीहरु समेत सहभागी हुने जात्रामा भीमसेनको रथ परिक्रमापछि मन्दिरमा फर्केर मुर्ती भित्र्याएपछि सकिन्छ ।
भीमसेन बल, साहसी र बहादुरीका देवताको रुपमा लोकप्रिय रहेकाले व्यापारीवर्गका साथै युवावर्गमा समेत जात्राको प्रभाव देखिन्छ । महाभारत र पुराणहरुमा बल, साहसी र बहादुरीको प्रतिकको रुपमा रहेका भीमसेन नेपालमा व्यापार र वाणिज्य क्षेत्रका प्रमुख देवताका रुपमा कहिले र कसरी प्रवेश भयो भन्ने कुनै आधारिकारीक प्रमाण भने छैन् । तर प्राचीन समयमा वैदेशिक व्यापारको क्रममा कठिन पहाड, खोलानाला घनाजंगल पार गर्दा चोरी डकेतीको भय जङ्गली जनावरहरुको सामना गर्नका लागि बल, साहस र बहादुरीको आवश्यक हुने भउकाले त्यसबेलादेखी भीमसेनको पुजा गर्न थालिएको लोक कथा र किवदन्ती पाइन्छन् ।
शब्द/तस्बीर : संगम शिल्पकार
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
