समाचारशुक्रबार, आषाढ ८, २०६९
सरकार भन्दा गैर-सरकारी संस्था बलियोः देउवा
८ असारमा लोकतान्त्रिक गैर-सरकारी संस्था महासंघको राष्ट्रिय भेला उद्घाटन गर्दै देउवाले ठूलो दलको हैसियतमा मुलुकलाई चार वर्षम्म पनि संविधान दिन नसकेको एमाओवादीले पुनः संविधान बनाउने भन्दै सरकारको नेतृत्व गरिरहनु औचित्यहीन भएको बताए । देउवाले अहिले जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सशक्त माध्यम नै मुलुकका गैर-सरकारी संस्थाहरु भएको पनि बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले गैर-सरकारी क्षेत्रलाई लोकतान्त्रिक पद्धति अनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिए । महतले मुलुकमा विदेशी दातृ निकायले विभिन्न जातजातिको अनुसन्धान र विश्लेषण गर्ने नाममा फुटको राजनीति अगाडि बढाएकाले त्यसतर्फचनाखो हुनुपर्ने पनि बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
