समाचारशुक्रबार, आषाढ ८, २०६९

इपिएस उत्तीर्ण महिला कोरिया जान पाउनुपर्ने माग

रासस

सन् २०१० मा नै इपिएसअर्न्तर्गतको परीक्षा उत्तीर्ण गरेको भएपनि हालसम्म कोरिया जान नपाएका ३०० महिलाले ८ असारमा ग्वार्कोस्थित इपिएस कार्यालयमा गई कोरियाली प्रतिनिधिलाई ज्ञापनपत्र बुझाएको सो कार्यक्रमका संयोजक तोया गिरीले जानकारी दिइन् ।

तीनबुँदे सो ज्ञापनपत्रमा सन् २०१० मा इपिएस पास गरेका महिलालाई रोस्टर समय अवधिभित्र नै कोरिया पठाउनका लागि सम्बन्धित निकायमा पहल गरिदिनुपर्ने, इपिएस पास गरेर सबै पुरुष कोरिया गइसकेका र महिला मात्र जान नपाएकाले यस्तो विभेदको अन्त्य गरिनुपर्ने माग गरिएको छ । कोरियाले सन् २००८ देखि प्रत्येक वर्षइपिएसमार्फ परीक्षा सञ्चालन गरी नेपाली श्रमिकलाई कोरियामा काम गर्नका लागि माग गर्ने गरेको छ । हालसम्म सात हजार ८१९ जना इपिएसमा नाम निकालेर कोरिया पुगिसकेका छन् ।

सन् २०१० मा ४२ हजारले फाराम भरेकामा चार हजार १८० ले नाम निकालेका थिए भने सोही वर्ष दुइ हजार २२१ जना कोरिया पुगेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>