Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मिस्टर मस्कुलर भए मनिष - Himalkhabar.com

रमझमआइतबार, भाद्र १६, २०७०

मिस्टर मस्कुलर भए मनिष

हिमालखबर

प्रथम मिस्टर मस्कुलर ओपन पूर्वाञ्चल बडी विल्डिङको उपाधि भिजन जिम धरानका मनिष लिम्बूले जितेका छन् । तस्बीर:सोहन श्रेष्ठ/धरान

प्रथम मिस्टर मस्कुलर मनिष लिम्बूलाई ट्रफी प्रदान गर्दै एसएसपी यादवराज खनाल । तस्बीर:सोहन श्रेष्ठ/धरान

६५ केजी तौलसमूहबाट ओभरअल राउण्डमा प्रवेश गरेका मनिषले उपाधि जित्दै नगद ५१ हजार हात पारे ।

मस्कुलर जिमको आयोजनामा सभागृहमा १५ भदौमा धरानमा भएको पहिलो प्रतियोगितामा सिटी हल क्लब इटहरीका तुलसी धामी फष्ट रनर अप, डायमण्ड जिम बेलबारीका इन्द्र सापकोटा सेकेण्ड रनर अप भएका छन् । उनीहरुले क्रमशः नगद २५ हजार, १५ हजार रुपैयासहित ट्रफि र प्रमाण पत्र हात पारे । त्यस्तै फिटनेस फ्याक्ट्री धरानका उत्तम खत्री चौथो र शिवशक्ति जिम विराटनगरका प्रवित राजवंसी पाँचौ भएका थिए।

उनीहरुले नगद ७ र ५ हजारसहित ट्रफि हात पारेका छन् । साथै, बेष्ट पोजरको उपाधि युनिक जिम धरानका सुमन श्रेष्ठ विजेता हुँदै नगद ५ हजार रुपैया पाए । विजेताहरुलाई कोशी अञ्चल प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी यादवराज खनाल, जिमका अध्यक्ष सुदीप सुब्बाले ट्रफि र नगद प्रदान गरेका थिए । प्रतियोगितामा पूर्वाञ्चलका खेलमा प्रत्येक तौलसमूहबाट ५ जनाका दरले २५ जना भिडेका थिए।
-सोहन श्रेष्ठ/धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>