खेलकुदआइतबार, भाद्र १६, २०७०

पाकिस्तानको आत्मघाती गोलले भारत विजयी

हिमालखबर

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा गत वर्षको च्याम्पियन भारतले पाकिस्तानलाई आत्मघाती गोलका आधारमा १–० गोल अन्तरले पराजित गरेको थियो ।

खेलको १५ औं मिनेटमा पाकिस्तानका कप्तान समर इसाकले गरेको आत्मघाती गोलपछि पाकिस्तानले भारतलाई गोल फर्काउन सकेन भने भारतका लागि त्यही गोल नै जीतको कारण बन्यो । दुई पाकिस्तानी डिफेन्डरबीच तालमेल नभएको र गोलरक्षक समेत अगाडि बढेको अवस्थामा समरको खुट्टामा बल लागेर आफ्नै गोलपोस्टभित्र छिरेको थियो । भारतका खेलाडी निर्मल क्षेत्रीले डिबक्स बाहिरबाट प्रहार गरेको बललाई दुवै पाकिस्तानी डिफेन्डरले हेडबाट क्लियर गर्न खोजेका थिए ।

खेलको विभिन्न समयमा पाएको अवसरलाई पाकिस्तानले पनि सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो ।

यस जितसँगै भारतले तीन अङ्क जोडेको छ । समूह क मा अब नेपाल र भारतको तीनतीन अङ्क भएको छ ।

अर्को खेल १७ भदौ दिउँसो ३:३० बजे अफगानिस्तान र भूटानबीच हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा र अर्को खेल श्रीलङ्का र माल्दिभ्सबीच साँझ ६:३० बजे दशरथ रङ्गशालामा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...