खेलकुदमंगलबार, भाद्र १८, २०७०

माल्दिभ्सले श्रीलंकामाथि १० गोल बर्षायो

हिमालखबर

दशरथ रङ्गशालामा १७ भदौमा भएको दोस्रो खेलमा माल्दिभ्सका क्याप्टेन अली अल्सादले डबल ह्याट्रीक गर्दै माल्दिभ्सलाई पहिलो रेकर्ड कायम गराएका हुन् । उनले खेलको पहिलो हाफको २१ र ४५ औं मिनेटमा पेनाल्टीमार्फत दुई गोल गरे । अलीले खेलको दोस्रो हाफको ५१, ५३, ५७ र ८६ मिनेटमा चार गोल थपे ।

यसअघि साफको सातौं संस्करणमा माल्दिभ्स र अफगानिस्तानबीचको खेलमा ९–१ गोल अन्तरको भएको थियो ।

यस्तै सन् २०११ मा भारतमा भएको साफ च्याम्पियनसिप प्रतियोगितामा अफगानिस्तानका खेलाडी बलाल अरेजोले भुटानविरुद्धको खेलमा चार गोल गरेका थिए ।

खेलको १९ औं मिनेटमा श्रीलङ्काका गोलरक्षक मोहमद इब्राहमले फल गरेपछि रातो कार्ड खाँदै मैदान बाहिर निकालिएपछि श्रीलङ्का १० खेलाडीमा सिमित रहेको थियो ।

माल्दिभ्सका अर्का खेलाडी अस्दुल अब्दुलले खेलको पाँचौं मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएका थिए भने अर्का खेलाडी अली फासिरले ८३, अली उमरले ८५ औँ मिनेटमा १–१ गोल गरेका थिए ।

१८ भदौ दिउँसो ३:३० बजे हलचोकस्थित सशस्त्र प्रहरी क्लबको खेल मैदानमा भारत र बङ्गलादेश आम्नेसाम्ने हुनेछन् भने १८ भदौमै साँझ ६:३० बजे दशरथ रङ्गशालामा नेपालले पाकिस्तानको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...