समाचारशनिबार, आषाढ ९, २०६९

६६ जना ‘दादा’हरुका घरमा प्रहरीको छापा

डम्बरकृष्ण श्रेष्ठ

महानगरिय प्रहरी आयुक्त एआईजी कुवेरसिंह रानाले हिमालखबरलाई दिएको जानकारी अनुसार यस्ता ब्याक्तिहरुका साथबाट संकास्पद सरसामान तथा अवैध हातहतियार हुनसक्ने भएकाले सर्च अप्रेसन थालिएको हो ।

बिहान ४ बजेदेखी आकस्मिक रुपमा गरिएको सर्च अप्रसनका क्रममा कुमार घैंटे, दिपक मनाङे, बाघे लामा, तेजेन्द्र गुरुङ, दिनेश अधिकारी, शशी अधिकारी, पञ्चे लामा लगायतका ६६ जना रहेकाछन् । जसम मध्ये कतिपयलाई मीडियाहरुले ‘डन’का रुपमा प्रचार गर्दै आएकाछन् ।

छापा मारिएका कसैपनि घरबाट अवैध हतियार बरामद नभएको र कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जनाएको छ । यस्तो किसीमको आकस्मिक सर्च अप्रेसन कुनैपनि समयमा कहि पनि गर्न सकिने महानगरिय प्रहरी प्रमुख रानाले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>