खेलकुदमंगलबार, भाद्र १८, २०७०

१६ वर्षेले गर्दा नेपाल र पाकिस्तान बराबर

हिमालखबर

साफ च्याम्पियनसिप अन्तर्गत दशरथ रंगशालामा १८ भदौमा भएको नेपाल र पाकिस्तानबीचको खेल एक एक गोलको बराबरीमा सकिएको छ । इन्जुरी टाइम अर्थात् खेलको ९० मिनेटपछि थपिएको समयमा  विमलले गोल गर्दा दशरथ रंगशाला दर्शकहरुको खुशीले गुञ्जिएको थियो ।

पाकिस्तानी खेलाडीले ११औं मिनेटमा गोल गर्दै अग्रता लिएपछि नेपाली दर्शकमा छाएको निराशा बिमल गुरुङको गोलले खुशीमा परिणत गराउन सफल भयो । गोलपछि पाकिस्तानलाई नेपालले निरन्तर दबाबमा राखे पनि गोल गर्न भने सकेको थिएन। तर, खेलको ९१ औं मिनेटमा  १६ बर्षे स्ट्राइकर विमल घर्तीमगरले चामत्कारिक गोल गरेर खेललाई बराबरीमा टुंग्याए ।

नेपाली टिमका कप्तान सागर थापाको प्रहारलाई पाकिस्तानका गोल रक्षक युसाफ इजेबुटले हातले छेकेर फर्किएको बललाई विमलले सदुपयोग गर्दै खेलको अतिरिक्त समयमा गोल गर्न सकेका हुन् ।

विमलको अन्तर्राष्ट्रियस्तरमा यो पहिलो गोल हो । उनले केही महिनाअघि बङ्गलादेशसँग भएको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका हुन् ।

आजको बराबरीसँगै समूहमा नेपाल र भारतको समान ४–४ अङ्क भएको छ । समूहमा रहेका पाकिस्तान र बङ्गलादेशको समान १–१ अङ्क छ ।

भोलिको खेल ३:३० बजे हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा श्रीलङ्काले अफगानिस्तानको सामना गर्नेछ भने साँझ ६ः३० बजे त्रिपुरेश्वरस्थित रङ्गशालामा भूटान र माल्दिभस भिड्ने छन् ।

विमल घर्तीमगरबारे यो लिंक हेर्नुस : http://nepalihimal.com/article/1426
फूटबलको आशा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...