Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
स्कूल पुग्न दिनहुँ १२ किलोमिटर - Himalkhabar.com

थप समाचारबुधबार, भाद्र १९, २०७०

स्कूल पुग्न दिनहुँ १२ किलोमिटर

सञ्जीव शर्मा

धेरै जना सुकुम्बासी रहेको बाराको डुमरवाना टाँगियावस्ती गाउँमा दुई प्राथमिक विद्यालय र एउटा प्रस्तावित माध्यमिक विद्यालय (हाल कक्षा ८ सम्म) मात्र रहेकाले त्यहाँका विद्यार्थी जंगलको लामो बाटो छिचोल्दै निजगढ पुग्न बाध्य भएका छन् ।

निजगढका गौरीशंकर उच्च मावि, नेत्रोदय मावि, बकैया ठाकुर मावि र शिवभक्तेश्वर निमाविमा टाँगियावस्तीबाट पढ्न आउनेको संख्या झ्ण्डै साढे चार सय छ । उनीहरू सबै साइकल चढ्छन् ।

“पढ्दा भविष्य राम्रो होला भनेर दुःख गरेको” नेत्रोदयमा १० कक्षामा अध्ययनरत टाँगियावस्तीका जीतबहादुर ब्लोन भन्छन् । जंगलको बाटोमा हात्ती लगायत जनावरको डरले सधैं आतङ्कित भएर बाटो काट्नुपर्ने उनको भनाइ छ ।

दिनहुँ झण्डै ३० किलोमिटर पार गर्नुपर्ने भए पनि टाँगियावस्तीका धेरै विद्यार्थी मिहिनेती र जेहेन्दार रहेको गौरीशंकर उमाविका प्रधानाध्यापक सुदर्शन कोइराला बताउँछन् । त्यहाँ टाँगियावस्तीका २७५ जना विद्यार्थी पढ्छन् । त्यहाँको कक्षा ९ र १० का उत्कृष्ट विद्यार्थी विजय घलान र विजय लामा टाँगियावस्तीकै हुन् ।

गाउँभन्दा राम्रो पढाइ हुने राजमार्गछेउको निजगढमा टाँगियावस्तीबाट प्राथमिक तहका विद्यार्थी पनि आउने गरेका छन् । गाउँको विद्यालयमा भर्ना शुल्क बढी लिएर पनि राम्रा शिक्षक नराखेकाले छोराछोरीलाई पढ्न निजगढ पठाउनुपरेको अभिभावकहरूको भनाइ छ ।

जिल्ला शिक्षा कार्यालयले पर्याप्त दरबन्दी उपलब्ध नगराएकाले त्यहाँका विद्यालयले निजी स्रोतबाट शिक्षक राख्न रु.७०० देखि रु.१००० सम्म भर्ना शुल्क लिने गरेका छन् ।
गोकुल घोरसाइने, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>