खेलकुदबिहीबार, भाद्र २०, २०७०

नेपाल समूह विजेता हुँदै सेमिफाइनलमा

हिमालखबर

नेपालकालागि अनिल गुरुङ र जुमानु राइले गोल गरेका हुन ।

सात अंक सहित समूह ए विजेता बनेको नेपालले सेमीफाइनलमा माल्दिभ्स वा अफगानिस्तानसँग खेल्नेछ । चार अंक जोडेको भारत पनि सेमिफाइनलमा पुगेको छ । पाकिस्तानको पनि चार अंक नै भए पनि हेड टु हेडको आधारमा भारत अर्को चरणमा पुगेको हो । पाकिस्तान र एक अंक जोडेको बंगलादेश पनि समूह चरणबाटै बाहिरिएको छ ।


भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

फुटबल हेर्ने टिकट ब्ल्याकमा
आठौं साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको समूह ए अन्तर्गत आयोजक नेपाल र साविक विजेता भारतबीचको खेल हेर्न दशरथ रंगशाला प्रवेश गर्ने टिकट ब्ल्याकमा बिक्री भएको छ ।

भिआइपी तर्फ रु. ७०० र प्याराफिटको रु. ३०० को टिकट रु. एक हजारमा बिक्री भएको छ । अखिल नेपाल फुटबल संघका अनुसार १८ हजार भन्दा बढी दर्शक रंगशालामा पुगिसकेको छ ।

राजधानीस्थित दशरथ रंगशालामा  नेपाल र भारतबीच मध्यान्ह ३.३० बजे खेल शुरु हुँदैछ । राष्ट्रिय टीमका खेलाडीहरू रंगशाला पुगिसकेका छन् । दुई–दुई खेलबाट समान चार अंक जोडेको नेपाल र भारत दुबैलाई सेमिफाइनल प्रवेशका लागि जित वा बराबरी आवश्यक छ । अघिल्लो दुई खेलमा एक गोल खाएको नेपालले तीन गोल गरेको छ । दुई खेलमा भारतले दुई गोल हानेको छ भने एक गोल खाएको छ ।

सोही समयमा हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । बंगलादेश र पाकिस्तानको समान एक/एक अंक छ ।

समूह बी बाट माल्दिभ्स र अफगानिस्तान यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । श्रीलंका र भुटान समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...