खेलकुदशुक्रबार, भाद्र २१, २०७०

नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग खेल्ने

हिमालखबर

दशरथ रंगशालामा २१ भदौमा समूह बी को अन्तिम खेलमा माल्दिभ्ससँग गोल रहित बराबरी खेलेर समूह उपविजेता बनेपछि अफगानिस्तानले नेपालको सामना गर्नु परेको हो । भुटान र श्रीलंकाविरुद्ध १८ गोल गरेको माल्दिभ्सले अफगानिस्तानलाई भने एक गोल पनि गर्न सकेन ।

यसैबीच आजै भएको अर्को खेलमा श्रीलंकाले भुटानलाई ५–२ ले पराजित गरेको छ ।

माल्दिभ्स र अफगानिस्तानबीचको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी आज टुँगो लाग्ने
राजधानीमा जारी आठौं साफ च्याम्पियनसीपको समूह बीमा रहेको माल्दिभ्स र अफगानिस्तान मध्ये पराजित हुने टीमले सेमिफाइनलमा नेपालको सामना गर्नुपर्नेछ ।

दुई देशबीचको खेल बराबरीमा रोकियो भने पनि सेमीफाइनल अफगानिस्तानको भेट नेपालसँगै हुन्छ । दशरथ रंगशालामा मध्यान्ह ३.३० बजे शुरु हुने खेलको विजेता टीमले समूह एको उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । माल्दिभ्स र अफगानिस्तान दुबैले श्रीलंका र भुटानलाई पराजित गरेर यसअघि नै सेमीफाइनल यात्रातय गरिसकेको छ ।

सोही समयमा हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा श्रीलंका र भुटानले प्रतिष्ठाका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...