Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
साविक विजेता स्पेनलाई फ्रान्सको चुनौती - Himalkhabar.com

खेलकुदशनिबार, आषाढ ९, २०६९

साविक विजेता स्पेनलाई फ्रान्सको चुनौती

Sandesh Panta


यी दुई बीचको अन्तिम प्रतिस्पर्धात्मक खेल २००६ को विश्वकपको अन्तिम १६ मा भएको थियो जसमा फ्रान्स ३-१ ले विजयी भएको थियो । त्यस खेलमा गोल गर्ने फ्रान्सका जिनेदिन जिदानको जन्मदिन परेकोले ९ असारको खेल जितेमा उनलाई मीठो उपहार हुनेछ । तर स्पेनले त्यस खेलपछि ठूला प्रतियोगिताका नक आउट चरणका सबै ७ खेल एक गोल पनि नखाइ जितेको छ ।

स्पेनको समूह चरणको प्रदर्शन हेर्दा आफूसँग धेरै समय बल नियन्त्रणमा राख्न सफल भए पनि फिनिसिङमा उ केही शङ्कास्पद देखिन्छ । २००८ को विजेताले समूहका खेलहरुमा इटली, आयर्ल्याल्न्ड एसिया विरुद्ध क्रमश : ६० % , ६६ % र ६४ % समय बल आफ्नो नियन्त्रणमा रखेको थियो । आयर्ल्यान्डसँगको खेल, जसमा फर्नान्डो टोरेसले २ गोल गरेका थिए, बाहेक स्पेनले सोचे अनुरुप प्रभावशाली खेल खेल्न सकेको छैन ।

९ असार राति हुने खेलमा स्ट्राइकरको भूमिका कसलाई दिने बारे प्रशिक्षक भिसेन्टे डेल बस्केले निर्णय गरिसकेका छैनन् । फाब्रिगास वा टोरेस मध्य एकले मौका पाउन सक्नेछन् यद्ध्यपी फर्नान्डो लोरेन्टे पनि राम्रो विकल्प हुन सक्छन । “हाम्रो टोलीमा राम्रा खेलाडीहरुको कमी छैन र सबै खेलाडी उत्तिकै महत्वपूर्ण छन् । हामी सबै विकल्पलाई केलाउने छौं । फ्रान्स एक शक्तिशाली टिम हो । बेन्जिमाको रुपमा उनिहरुसँग प्रतिभावान खेलाडी छन् र मिड्फिल्ड पनि उत्तिकै बलियो छ। ” डेल बस्केले भने ।

आफ्नो समुह विजेता बन्ने अपेक्षा गरिएपनी अन्तिम खेलमा स्विडेनसँग पराजित भइ दोस्रो स्थानमा चित्त बुझाएको फ्रान्सले ६ वर्ष अघीको स्पेन विरुद्धको जितबाट प्रेरणा लिन सक्नेछ । इतिहास पनि उनिहरुकै साथमा छ । फ्रान्स स्पेनसँगका सबै ६ वटा प्रतिस्पर्धात्मक खेलहरुमा अपराजित छ ।
तर ड्रेसिङ रुममा भएको झगडाको कुरा बाहिर आएपछि फ्रान्स केहि असन्तुलित देखिन्छ । मंगलबार स्विडेनसँग २-० को पराजय पछी टोलीका सदस्यहरु बिच एक-आपसमा समस्या देखिएको कुरा प्रशिक्षक लरें ब्लांले पनि स्विकारेका छन् ।

“हारपछि खेलाडी रिसाएका थिए र केहि प्रतिकृया पनि देखिए । त्यती ठुलो झगडा होइन , सामान्य मन-मुटाव मात्र हो । सबैलाई शान्त बनाउन केही समय लाग्यो तर अहिले स्थिति ठीक छ ।” उनले स्पेन आफ्नो टोली भन्दा केही मजबुत रहेको पनि बताए ” उनीहरु हामी भन्दा केही अगाडि छन् । ६५ – ७० प्रतिशत बल नियन्त्रणमा राख्ने टोलीसँग खेल्न कसैलाई पनि सजिलो हुँदैन । बार्सिलोना र रियाल मड्रीडमा खेल्ने हस्तीहरुविरुद्ध खेल्न मानसिक रुपले तयार हुनु पर्छ र उनिहरुलाई कम स्पेस दिँदै हामी आक्रमण गर्नेछौं । ”

प्रतिबन्धका कारण सेन्टर ब्याक फिलिपे मेक्सेसको स्थानमा लरें कोशिएल्नी खेल्नेछन् भने राइट विङमा जेरेमी मेनेजले मौका पाउन सक्नेछन् ।
इनिएस्टा, जाभी, सिल्वा र बुस्केट्सको मिड्फिल्डलाई रोक्न फ्रान्सका खेलाडीहरुलाई गार्हो भने अवश्य पर्नेछ तर उनीहरुसँग पनि नास्री, रिबरी र योहान कबाए जस्ता आक्रामक मिड्फिल्डरहरु छ्न् । तर खेलाडीहरुबिच भएको झगडाले खेल मैदानमा कस्तो असर पार्छ, त्यो भने हेर्न बाकी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>