समाचारशनिबार, आषाढ ९, २०६९
पूर्वप्रम थापा अस्पतालबाट घर फर्के
२७ जेठ बिहान पार्टीको बैठक चलिरहेका बेला बेहोस् भएपछि अस्पताल भर्ना भएका थापालाई ९ असारमा डिस्चार्ज गरिएको उनका सहयोगी किरण गिरीले जानकारी दिए । अस्पतालबाट डिस्चार्ज हुने क्रममा थापाले आफ्नो उपचारमा संलग्न चिकित्सकहरुलाई ‘जीवनदाताको भूमिका निर्वाह गरेको’ भन्दै धन्यवाद ज्ञापन गरेका थिए । आफ्नो स्वास्थ्यस्थितबारे बुझ्न अस्पताल पुगेका उपराष्ट्रपति प्रधानमन्त्री विभिन्न दलका शीर्ष नेता लगायतलाई पनि थापाले धन्यवाद दिए ।
अस्पतालमा शल्यकि्रया गरी पेसमेकर जडान गरेपछि स्वास्थ्यलाभ गरेका थापा अहिले घरमा आराम गरिरहेको सहयोगी गिरीले जानकारी दिए । गिरीका अनुसार ८६ वर्षीय थापालाई चिकित्सकले पूर्णरुपमा स्वस्थ भएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>