रमझमशनिबार, भाद्र २२, २०७०

तीज मौलिकता विर्सेर आधुनिकतातर्फ

हिमालखबर

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी भने यसरी तीजका गीतमा आएको परिवर्तनलाई स्वभाविक भन्छन् । “महिलाले हामी मात्र के कम भन्दै आफ्नो अधिकारलाई गीतमार्फत् खोज्ने काम गरेका छन्, ” जोशीले भने ।

उनीहरू पनि जीवन रथका दुई पाङ्ग्रामध्येका एक हुन् त्यसैले उनीहरूलाई यो गीत गाऊ, यो नगाऊ, कपडा, गहनामा पनि नियन्त्रण गर्नेजस्ता कार्य गर्न नहुने भन्दै उहाँले वर्षको एकपटक आउने तीज पर्वमा महिलाले गरेका क्रियाकलापको नकारात्मक टिप्पणी गर्न नहुने संस्कृतिविद् जोशीको भनाई छ ।

उनले गीत सङ्गीतमा नयाँ धार आएको भन्दै एकाध गायक गायिकाले अपवादका रुपमा नकारात्मक, नेपाली समाजलाई नसुहाउने गीत गाउँदैमा विकृति आएको भन्न नमिल्ने बताए ।

वरिष्ठ लोकगायिका हरिदेवी कोइराला पछिल्ला दिनमा आएका तीजका गीतले आफ्नो मौलिक भाका र पहिचान गुमाउँदै गएको बताउँछिन् । उनले तीजका गीतको मर्म र भाव मरेको र ती गीत रत्यौली गीतजस्ता भएको बताइन् । “पहिलेका गीतहरूमा मातृत्व, भातृत्व तथा सामाजिक पीडा समेटिन्थ्यो, अहिलेका गीत व्यावसायिक बनाउने होडमा परम्परागत मूल्य र मान्यताविरुद्ध गएका छन्”–गायिका कोइरालाले भनिन् ।

एकाउन्न वर्षीया मनकुमारी शाहले समयसँगै परिवर्तन हुँदै गएको तीज पर्वलाई सहजै स्वीकारेकी छन् । “हाम्रा पालामा छरछिमेकका महिलालाई बटुलेर तीजमा नाचगान गरिन्थ्यो, अहिले कहाँ कहाँका महिलाहरू एकसाथ जम्मा भएर तीज मनाउनु र नाचगान गर्नु राम्रो पक्ष हो,” उनले भनिन् ।

पहिलाको भन्दा अहिलेको तीज रमाइलो लाग्ने गरेको अनुभव सुनाउँदै उनले थपिन्, “अहिले विभिन्न राजनीतिक दल तथा सङ्घसंस्थाले दर खाने कार्यक्रमको आयोजना गर्ने गरेका छन्, यसले महिलाबीच एकआपसमा सद्भाव बढाएको छ ।”

अख्तियारको रोकले पार्टी प्यालेस मर्कामा

यता अख्तियारले दिएको निर्देशनका कारण पार्टी प्यालेस बन्द हुने अवस्थामा पुगेको बिजुलीबजारस्थित हुकुम पार्टी प्यालेसका निर्देशक रुपक उप्रेती बताउँछन् । सामाजिक व्यवहार (सुधार) ऐन र नियमावली २०३३ अनुसार महँगा अन्य साँस्कृतिक कार्यक्रम नगर्न र नगराउन अख्तियारले सम्बन्धित निकायमार्फत सूचना जारी गरेका कारण आफ्नो पार्टी प्यालेसमा कार्यक्रम आयोजना हुनै छाडेको उनले भने ।

वसुन्धारास्थित दियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेसका व्यवस्थापक मदन भण्डारीका अनुसार गत वर्षभन्दा ७० प्रतिशत तीजको कार्यक्रम घटेको छ । अग्रिम बुकिङ भएका तीजका कार्यक्रमसमेत स्थगित भएका छन् ।

अघिल्ला वर्ष तीज आउन दुई महिनाअघिदेखि कार्यक्रम भएकोमा यस वर्ष तीज आउन दुई दिन बाँकी छँदा पनि एउटा मात्र कार्यक्रम भएको त्यो पनि आयोजना गर्ने व्यक्तिले नाम नम्बर केही पनि नदिइकन कार्यक्रमको अग्रिम भुक्तानी गरेर साँझ आई कार्यक्रम गरेर गएको उनले जानकारी दिए ।

उनीँहरूले पार्टी प्यालेस व्यवसायीसँग छलफल नै नगरी गरिएको अख्तियारको निर्देशनप्रति गुनासा गरेका छन् ।
अञ्जली रम्तेल, रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>