समाचारशनिबार, आषाढ ९, २०६९

सहमतिबिना राजनीतिक निकास असम्भव: नेपाल

रासस

झापाको दमकमा ९ असारमा पब्लिक क्याम्पस प्राध्यापक सङ्घको क्षेत्रीय भेलाको उद्घाटन गर्दै नेता नेपालले राजनीतिक निकासका लागि दलहरुबीच विश्वासको वातावरण बनाइनुपर्नेमा जोड दिए ।

अर्को प्रसंगमा शिक्षा क्षेत्र राजनीतिक हस्तक्षेपका कारण धरासायी भएको चर्चा गर्दै उनले प्राविधिक र समयानुकूल शैक्षिक सुधारको आवश्यकता रहेको धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सहमतिका लागि चौतर्फी प्रयास गर्नुपर्ने उल्लेख गरे । सिटौलाले संविधान बन्न नसक्नुमा एमाओवादी जिम्मेवार भएको आरोप लगाए ।

एमाओवादीका कोचिला राज्य समितिका इन्चार्ज हरिबोल गजुरेलले शैक्षिक क्षेत्रको विकासमा प्राध्यापकहरुको भूमिका अपरिहार्य भएको चर्चा गरे ।

कार्यक्रममा नेपाल प्राध्यापक सङ्घका महासचिव रामेश्वर उपाध्याय, दमक बहुमुखी क्याम्पसका अध्यक्ष सुरेश सुब्बा लगायतले मन्तब्य राखेका थिए । भेलाको बन्दसत्रमा नेपाल पब्लिक विश्वविद्यालयको आवश्यकताको विषयमा छलफल हुनुका साथै कार्यपत्रसमेत प्रस्तुत गरिने सङ्घले जनाएको छ । भेलामा पूर्वाञ्चलका चारसय बढी प्रतिनिधि सहभागी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>