समाचारआइतबार, आषाढ १०, २०६९

छुट्टा छुट्टै दुर्घटनामा १ को मृत्यु ३१ घाइते

रासस

नारायणगढबाट भरतपुरतर्फ आउँदै गरेको ना२०प ७९४३ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको साइकल यात्रीलाई ठक्कर दिँदा भरतपुर–१३ का बुद्धिप्रसाद भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । त्यस्तै ना१६प १२१६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री मेघौली–३ बस्ने २० वर्षीय प्रवेश गौतमसहित मोटरसाइकल चालक भरतपुर–१० का २५ वर्षीय विष्णुप्रसाद नेपाल घाइते भएका हुन् ।

यता, बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना२ख १०९५ नम्बरको बस र काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा१ख ५४७७ नम्बरको ट्रिपर एकआपसमा ठक्कर खाएर भएको सो दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनापछि उपचारका लागि भक्तपुर अस्पताल ल्याइएका बिरामीमध्ये गम्भीर घाइते भएका कुमार कोइराला, प्रेम सिंह र सिर्जना खत्रीलाई काठमाडाँै मेडिकल कलेज र प्रेम लामा, निर्मल माझी र हीरा लामालाई धुलिखेल अस्पतालमा थप उपचारका लागि पठाइएको छ । अन्य घाइतेको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस र ट्रिपर एकआपसमा ठक्कर खाँदा बस सडकभन्दा तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>