अन्तर्वार्ता/विचारसोमबार, भाद्र २४, २०७०

‘तत्कालीन लक्ष्य सुपरसिक्स हो’

हिमालखबर

सर्वोत्कृष्ट प्रशिक्षकको पुरस्कार किन पाएँ भन्ने लाग्छ ?
विगत १८ वर्षदेखि क्रिकेटको प्रशिक्षक छु भने १२ वर्षयता राष्ट्रिय टीमको सहायक प्रशिक्षक । लामो समयको योगदान र क्रिकेटमा मेरो लगावको मूल्याङ्कन गरेर पुरस्कृत गरेको भन्ने लागेको छ । मेरो मूल्याङ्कन गरेकोमा परिषद्, जुरी टीम र सदस्य सचिवप्रति आभारी छु ।

तपाईंको करिअरको सबैभन्दा ठूलो उपलब्धि के हो जस्तो लाग्छ ?
अण्डर–१९ टीम सन् २०१२ मा वल्र्डकप खेल्नु मेरो प्रशिक्षणको महत्वपूर्ण उपलब्धि हो भन्ने लाग्छ । त्यस्तै टी–२० मा सन् २०१४ को वल्र्डकपका लागि छनोट चरण खेल्न पाउनु अर्को उपलब्धि हो । तर हामी त्योभन्दा ठूलो उपलब्धिको सँघारमा छौं । अहिले बन्द प्रशिक्षणमा रहेको टीमबाट म धेरै आशावादी छु ।

नेपाली क्रिकेटले प्रगति गर्ने कुरामा तपाईं आशावादी हुनुहुन्छ ?
आशावादी होइन विश्वस्त छु । टी–२० मा वल्र्डकप र ५० ओभरमा सुपर सिक्समा पुग्ने तत्कालको लक्ष्य हो, जुन टाढा छैन । सुपरसिक्स पुगेपछि आईसीसीबाटै सेवा सुविधा पनि पाइन्छ ।

नेपाली टीमको मुख्य कमजोरी के हो ?
ब्याटिङ हो । तर, त्यो पनि सुधारोन्मुख छ । भौतिक पूर्वाधार अहिलेको सबैभन्दा ठूलो चुनौती हो ।

क्रिकेटको थप विकास गर्न के गर्नुपर्ला जस्तो छ ?
नेपाल क्रिकेट संघले क्रिकेट लिगका लागि आजैदेखि पहल थाल्नुपर्दछ । लिग नभई खेलाडीहरूलाई खेलमै इङ्गेज गर्न गाह्रो हुन्छ । पछिल्लो समयमा पाएको सफलताको एउटा महत्वपूर्ण कारण ६–६ महीनामा प्रतियोगिता भइरहनु पनि हो । अहिलेको राष्ट्रिय टीमको विकल्पमा आउन सक्ने युवा खेलाडीहरू धेरै छैनन् । विकल्पमा ९० प्रतिशत खेलाडी हुन आवश्यक छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>