रमझमसोमबार, भाद्र २४, २०७०

भीमदत्तमाथि फिल्म

हिमालखबर

डडेलधुरा कारी गाउँका पन्तले गरीब किसान र दलितलाई संगठित गरेर सशस्त्र आन्दोलन गरेको फिल्म ‘भीमदत्त’ मा देखाइएको छ । मणि थापाको कथा र हिमग्याप टासीको निर्देशन रहेको ‘भीमदत्त’मा निर्माता नवल खड्का नै भीमदत्त बनेका छन् ।

नेपालमा २००७ सालको परिवर्तनको लागि गरिएको दिल्ली सम्झौताविरुद्ध सशस्त्र दस्ता बनाएर आन्दोलन संचालन गरेका २७ वर्षीय पन्तलाई सरकारले भारतीय सेना बोलाएर १७ साउन २०१० मा कञ्चनपुरको ब्रह्मदेव मण्डीमा हत्या गरेको थियो ।

निर्देशक टासी भन्छन्, “माया प्रेमका विषयमा नेपाली फिल्म केन्द्रित भएका बेला भीमदत्त पन्त जस्तो ब्यक्तिमाथि फिल्म बन्नु पनि सुखद पक्ष हो ।”

फिल्ममा खड्कासहित निशा अधिकारी, सुमिना घिमीरे, श्रीराम पुडासैनी, संजय खतिवडालगायतको अभिनय छ । अहिले फिल्मको पोष्टप्रोडक्सनको काम धमाधम भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>