समाचारआइतबार, आषाढ १०, २०६९

राष्ट्रपति र वैद्यबीच भेटवार्ता

रासस

राष्ट्रपति निवास शीतलनिवासमा १० असारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो । वर्तमान संकटको निकासका लागि गोलमेच सम्मेलन र अन्तरिम सरकार गठन गर्नुपर्ने माग राख्दै आएको माओवादीले राष्ट्रपति यादवसँग पनि सोही कुरा राखेको भेटमा सहभागी माओवादी अध्यक्ष वैद्यले जानकारी दिए ।

वैद्य नेतृत्वको नेकपा-माओवादीको केही दिन अगाडि सम्पन्न कार्यकर्ता भेलाले प्रधानमन्त्री बाबुराम भट्टर्राईलाई हटाएर ‘अन्तरिम संयुक्त सरकार’ गठन गर्नुपर्ने निर्णय गरेको थियो । महासचिव रामबहादुर थापा, स्थायी समिति सदस्य नेत्रविक्रम चन्दलगायतका नेता भेटमा सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>