Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एसिया कप क्रिकेटमा नेपालको जित - Himalkhabar.com

खेलकुदआइतबार, आषाढ १०, २०६९

एसिया कप क्रिकेटमा नेपालको जित

रासस

९ असार पाकिस्तानविरुद्धको खेलमा निरीह देखिएको नेपाली ब्याटिङलाइन १० असारमा मलेसियाविरुद्ध राम्रो देखिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष टङ्क आङबुहाङले बताए । खेलमा नेपालले निर्धारित ५० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै २५७ रन बनाएको हो ।
नेपालका अलराउन्डर राहुल विश्वकर्मा र सागर पुनको प्रदर्शन तारिफयोग्य रह्यो ।  सागरले महत्वपूर्ण ७१ रन बनाउने क्रममा तीन छक्का र चार चौका प्रहार गरे । खेलमा ‘म्यान अफ दि म्याच’ घोषित विश्वकर्माले ३० रन खर्चिदै महत्वपूर्ण ५ विकेट लिए ।
सुवास खकुरेलले ३३ रन बनाए भने मलेसियाका खेलाडी कृस्नानको बलमा नेपाली खेलाडी साफिकले क्याचआउट गर्नुअघि अर्का ओपनिङ ब्याटस्म्यान प्रदीप ऐरीले ३९ रन बटुले ।  कप्तान पृथु बास्कोटाको ब्याटिङ आज पनि चम्किन सकेन । तेस्रो बलमै उनलाई मलेसियाका फिक्री रोस्डीले क्याचआउट गरे ।
लगातार  सागर पुन र पृथु बास्कोटा आउट भएपछि नेपाली टोली अप्ठेरोे स्थितिमा पुगेको थियो । सागर आउट भएपछिको स्थितिमा राजेश पुलामी मगरले नेपालको ब्याटिङ सम्हाले । उनले रनआउट हुनुअघि ३९ रन बटुल्दै नेपाललाई बलियो अवस्थामा पु्रयाए । राजेशले ४५ बलको सामना गर्दै ३ चौका  प्रहार गरे ।
नेपाली खेलाडी हसिम अन्सारीले २१, भुवन कार्कीले २३ र सौरभ खनालले १३ रन प्रहार गरे । खेलमा मलेसियाका शिवनाथ कृस्नानले ३ तथा नर्जिल रेहमानले २ विकेट लिए । प्रत्युत्तरमा ब्याटिङ थालेको मलेसिया ४३ ओभरमा केवल १ सय ४० रन बनाउँदै अलआउट हुनपुग्यो । पृथु बास्कोटाको बलमा बाहिरिनु अघि महोमद्ध सह्यादतले बनाएको ३६ रन मलेसियाका लागि सर्वाधिक रह्यो ।
राहुल विश्वकर्माले ३० रन खर्चदै ५ विकेट लिए भने पृथु बास्कोटा र अविनाश कर्णले समान दुई–दुई विकेट लिए  । खेलपछि प्रतिक्रिया दिंदै नेपाली टोलीका कप्तान पृथु बास्कोटाले छिट्टै विकेट गएपनि सागर र राजेशले राम्रो साझेदारी गरेका कारण नेपाल बलियो स्थितिमा पुगेको प्रतिकृया दिए । समग्रमा नेपाली टिमको बलिङ र टिमवर्क जितका लागि पर्याप्त रहेको कप्तान बास्कोटाको भनाइ छ ।
नेपाली प्रशिक्षक पुबुद दासनायकेले ठूलो टिम विरुद्ध खेल्नुअघि मलेसियालाई हराएर नेपाली खेलाडीहरुले आफ्नो आत्मविश्वास बढाएको बताए । १० असारको खेलमा खेलाडीहरुले गल्ती नदोहोरयाएका कारण जित हात लागेको प्रशिक्षक दासनायकेको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>