Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सरोदमा एक्ली - Himalkhabar.com

रमझमबुधबार, भाद्र २६, २०७०

सरोदमा एक्ली

हिमालखबर

काठमाडौं, धापासीकी रुपा न्यौपाने (४४) ले सरोदवादन शुरु गर्दा यो साधनामा महिला त कुरै छाडौं, पुरुष पनि मोहनसुन्दर श्रेष्ठ र सुरेशराज बज्राचार्य मात्रै थिए । कठिन सुरवाद्यमा पर्ने सरोदमा अहिले पनि सुदर्शनराज उपाध्याय, ओमराज बज्राचार्य लगायतका सीमित कलाकार छन् । २०५० सालदेखि मोहनसुन्दरबाट सरोद सिक्न थालेकी रुपा एक्ली महिला हुन् ।

गायन सिकिरहेको वेला एक्कासी सरोदले तानेको बताउने उनी लामो साधना चाहिने हुनाले यसमा थोरै मात्र कलाकार टिक्नसकेको बताउँछिन् । सरोदमा उनको गर्व र सन्तुष्टिको कारण पनि यही धैर्यपूर्ण साधना नै हुन पुगेको छ । रुपा अहिले गीतमा सरोदको धुन भर्नेदेखि राजधानी र बाहिरका शास्त्रीय संगीतका कार्यक्रममा प्रस्तुत हुनेसम्मको काममा व्यस्त छिन् । सरोद गुरु मोहनसुन्दर रुपाको उपस्थितिले नेपाली सरोदवादनमा खम्बाको काम गरेको बताउँछन् ।

१२ वर्षकै उमेरमा वैवाहिक जीवनमा बाँधिएकी उनी उज्यालो एफएममा उज्यालो शास्त्रीय संगीत कार्यक्रम चलाउँछिन् भने किराँतेश्वर संगीत आश्रम र यलमाया क्लासिकमा पनि सक्रिय छिन् । यसअघि रेडियो सगरमाथामा आठ वर्ष संगीत प्रभाती कार्यक्रम चलाएकी उनी भन्छिन्, “खासमा म आफ्नै मनको आनन्दको लागि शास्त्रीय संगीतको विकास–प्रवद्र्धनमा काम गरिरहेकी हुन्छु ।”

शास्त्रीय संगीतको क्षेत्रमा अहिले भइरहेको युवा जमातको प्रवेशले उनलाई थप आनन्दित र आशावादी बनाएको छ ।

ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>