समाचारसोमबार, आषाढ ११, २०६९

इङ्ल्यान्डलाई हराएर इटली सेमिफाइनलमा

हिमालखबर

टाइ ब्रेकरमा इङ्ल्यान्डको फितलो प्रदर्शन यसपाली पनि जारी रह्यो र उ ४-२ ले हार्दै घर फर्कन बाध्य भयो । इङ्ल्यान्डले १९९६ र २००४ को युरो तथा १९९८ र २००६ को विश्वकपमा पनि पेनाल्टी शुटआउट मै हार व्यवहोरेको थियो ।

इङ्ल्यान्डका लागी रूनी र जेरार्डले पेनाल्टी सदुपयोग गरेका थिए भने एस्ली योङको प्रहार बारमा लागेको थियो र एस्ली कोलको पेनाल्टी इटलीका गोलकिपर बुफोनले आफ्नो बाँयातर्फ डाइव हान्दै बचाएका थिए । इटलीकातर्फबाट बालोटेलि, पिर्लो, नोसेरिनो र डियामान्टीले गोल गरे । मोन्टोलिभोको दोस्रो पेनाल्टी प्रहार बाहिरिएको थियो ।
१२० मिनेटको अवधी भर इटलीले गोल गर्ने धेरै अवसर सिर्जना गरे पनि सफल भने हुन सकेन । ५६ प्रतिशत समय बलमा पकड जमाएको इटलीले ३५ वटा गोल प्रयास गरेको थियो भने इङ्ल्यान्डले केवल ९ पटक गोल प्रयास गर्‍यो ।

इटलीका लागी अनुभवी मिड्फिल्डर आन्द्रीय पिर्लोले फेरी पनि उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
इङ्ल्यान्डका कप्तान स्टेवन जेरार्डले पोष्ट म्याच प्रेस कन्फेरेन्समा भने “खेलाडीहरु सबैथोक गरे । पेनाल्टी शुट आउटमा यसपल्ट भाग्यमानी हुन्छौं भन्ने सोचेको थिएँ तर हुन सकिएन । इटलीले शूट आउटमा राम्रो प्रदर्शन गर्‍यो । हामिले आफ्नो देश लाई गौरवान्वित महसुस गरायौं तर दुखी हुँदै घर फर्कनु पर्दा पिडा महसुस भइरहेको छ । ”

अब १३ गते राती हुने पहिलो सेमीफाइनलमा पोर्चुगल र स्पेन भिड्नेछन भने १४ गतेको दोस्रो सेमीफाइनल जर्मनी र इटलीबीच हुनेछ ।

सन्देश पन्त

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>