अर्थ/बजारबुधबार, भाद्र २६, २०७०

विश्व बैंकद्वारा चार अर्ब सहयोग

हिमालखबर

सन् २०१५ को जुलाईसम्ममा पूरा गरिसक्नुपर्ने नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार परियोजनाका निम्ति विश्वबैंकले प्रदान गरेको तीन करोड डलरमध्ये २० लाख डलर अनुदान सहयोग हो भने बाँकी रकम ऋण सहायता हो ।

सुक्खायाममा नेपालमा विद्युत्को चरम अभाव हुने भएकाले भारतबाट खरिद गरिने विद्युत् तथा भविष्यमा यहाँबाट निर्यात गर्न आवश्यक पर्ने प्रसारण लाइन बनाउन बैंकले ऋण तथा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो ।

उक्त रकम चारसय केभी ढल्केवर–मुजफ्फरपुर, हेटौँडा–ढल्केबर–दुहबी तथा दुईसय २० केभी हेटौँडा–भरतपुर र भरतपुर–वर्धघाट प्रसारण लाइन निर्माणमा खर्च गरिनेछ । सन् २०११ मा उक्त बैंकको सहयोगमा सुरु भएको उक्त परियोजनाका लागि सोही बैंकले नौ करोड ९० लाख अमेरिकी डलर प्रदान गरिसकेको छ ।

२६ भदौमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अनुदान तथा ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र काठमाडौंस्थित विश्व बैंकका प्रबन्धक ताहसिन सैयदले हस्ताक्षर गरेका छन् ।

विश्व बैंकले प्रदान गरेको उक्त रकम नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिने छ भने प्राधिकरणले एक प्रतिशत ब्याजसहित ४० वर्षमा बैंकको ऋण चुक्ता गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>