खेलकुदबुधबार, भाद्र २६, २०७०

अफगानिस्तान साफ च्याम्पियन

हिमालखबर

काठमाडौंको दशरथ रंगशालामा २६ भदौमा भएको फाइनल खेलमा साविक विजेता भारतलाई २–० गोल अन्तरले पराजित गरेर अफागानिस्तान दक्षिण एसियाली फुटबल च्याम्पियन बनेको छ ।

अफगानिस्तानका लागि खेलको ९ औं मिनेटमा मुस्ताफा अजाडजोए र ६२ औं मिनेटमा संजार अहमदीले गोल गरेका थिए ।

विजेता अफगानिस्तानले ५० हजार अमेरिकी डलर र उपविजेता भारतले २५ हजार डलर नगद पुरस्कार समेत प्राप्त गरेका छन्। सेमिफाइनलमा पुगेको नेपाल र माल्दिभ्सले जनही १० हजार डलर प्राप्त गरेका छन् ।

यसअघि भारतले पाँच तथा श्रीलंका, बंगलादेश र माल्दिभ्सले एकरएक पटक उपाधि जितिसकेका छन् ।

भारतको नयाँ दिल्लीमा भएको सातौं संस्करणको खेलमा अफगानिस्तान भारतसँग ४–० गोलअन्तरले परातिज हुँदै उपविजेता बनेको थियो ।

सन् २००८ को साफमा समूह चरणमा सबैभन्दा पुछारमा रहेको अफगानिस्तान सन् २०१४ मा आइपुग्दा साफ च्याम्पिएन बनेको छ ।

फेयर प्ले नेपाललाई

प्रतियोगितामा नेपाली राष्ट्रिय टीमले फेयर प्ले टीमको उपाधि पाएको छ ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी भने अफगानिस्तानका गोलरक्षक मनसुर फागमयर भए ।  उनले नेपाल विरुद्धको खेलमा रोहित चन्दले प्रहार गरेको पेनाल्टीलाई पन्च गर्दै बचाएका थिए ।

प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीको उपाधि माल्दिभ्सका खेलाडी अलि अस्फागले पाए । उनले आठौं साफमा दोहोरो ह्याट्रिकका साथ १० गोल गरेका छन् ।

यसैबीच दक्षिण एसयाली फुटबल महासंघ (साफ)  को बैठकले नवौं साफ भारतमा गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...