समाचारसोमबार, आषाढ ११, २०६९

रुखले थिचेर एकै घरका तीनको मृत्यु

रासस

मृत्यु हुनेमा ४० वर्षीया धनादेवी विक, उनकै १२ वर्षीय छोरा दीपक विक र १० वर्षीया छोरी पुजा विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । मृतकका श्रीमान् मन्नो विक घर बाहिर रहेकाले उनी भने जोगिन सफल भएका छन् ।

यसैबीच हावाहुरीका कारण कञ्चनपुरको दक्षिणी क्षेत्रको विद्युत् सेवासमेत गएरातिदेखि नै अवरुद्ध रहेको छ । ठाउँ-ठाउँमा विद्युत्का पोलमाथि रुखहरु खस्दा विद्युत् सेवा अवरुद्ध भएको हो । हावाहुरीले यहाँका आधादर्जनभन्दा बढी विद्यालयको भवनका छानासमेत उडाएको छ भने स्थानीय बासिन्दाका सयौँ टायलका छाना भएका घरका टायल उडाएर क्षति पुर्‍याएको छ । कृषकहरुले गरेको केरा खेतीमा समेत हावाहुरीले क्षति पुर्‍याएको छ ।

देखतभूली गाविस-९ कटानका चालीस घरमा हावाहुरीले रुख ढाल्दा लाखौँको क्षति पुगेको स्थानीय गङ्गाराम चौधरीले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>